प्राकृतिक आधारभूत विद्यालयको ६१ औं बार्षिकोत्सव सम्पन्न ।।

सुरेश देवकोटा
प्रकाशित : २०७७ फागुन २७ गते २१:५९

प्राकृतिक आधारभूत विद्यालय रम्भा ५ फुरुङ्दीको ६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रका प्रमुख अतिथि रम्भा गा पा वडा नं ५ का वडा अध्यक्ष खुमकान्त वस्यालले विद्यालयको ६१ औं बार्षिकोत्सव समाहोरको उद्घाटन गर्दै यो विद्यालय पालिका स्तरीय प्रतियोगिताहरुमा राम्रो नतिजा दिन सफल भएको र यस विद्यालयलाई बालमैत्री घोषणा भईसकेको हुदा अझ शैक्षिक गुणस्तर बृद्धि गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा रम्भा मावि का प्र.अ. तुल्सिराम अर्याल , रम्भा बहुमुखि क्याम्पस प्रमुख दुर्गा प्रसाद अधिकारि , गुण ब सिंजाली , दिल बहादुर गाहा, टिकादेवि अधिकारी लागायतले विद्यालयको ६१ औं बार्षिकोत्सवको अवसरमा विद्यालयको उत्तर उत्तर प्रगतीको कामना गर्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । विद्यालयका प्रध्यानाध्यापक छन्द प्रसाद बस्यालले विद्यालयको भौतिक अवस्था सहितको करिव ४१ लाख बराबरको आम्दानी खर्च प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालयका शिक्षक सुरेश देबकोटाको संचालन , शिक्षक नीर ब काम्मु को स्वागत तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र देव देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । ६१ औं बार्षिकोत्सवको अवसरमा
अक्षयकोष को व्याज बाट कक्षा १ देखि ७ सम्म का ७८ जना विद्यार्थी हरू लाई ट्याक र टिसट बितरण गरिएको थियो ।साथै कार्यक्रम को बिच बिचमा विद्यार्थीहरूले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।कार्यक्रममा २ वटा नया शैक्षिक अक्षयकोष स्थापना पनि राखिएको थियो ।    यस विद्यालयको बार्षिकोत्सव हरेर बर्ष शिवरात्रिको दिन मनाउने गरीन्छ 


प्रकाशित : २०७७ फागुन २७ गते २१:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology