एक घर एक धारा अन्तर्रगत खैरेनीमा खानेपानी शिलान्यास

प्रकश देवकोटा
प्रकाशित : २०७७ फागुन २८ गते १७:४२

खैरेनी जल्पा

पूर्वखोला गाउँपालिका वडा नं २ जल्पा खैरेनीमा खानेपानीको शिलान्यास भएको छ । ।
वाङ्दीखोला खानेपानी आयोजना अन्तर्गत जल्पाको खैरेनीमा ३५ घर धुरीले खाने पानी योजना  पूर्वखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष निर बहादुर सारू र पानि को मुल रहेको जग्गा धनी टेक बहादुर नेपालीले संयुक्त रूपमा मुलखनेर शिलान्यस गर्नुभयो हो । कार्यक्रममा बोल्दै अध्यक्ष निर बहादुर सारूले पालिकाको योजना अन्तर्गत एक घर एक धारा गाउँपालिकाको लक्ष्य अनुसार काम भएको बताउनु भयो । लामो समयदेखि खैरेनी बासिको पानिको समस्या भएकोले यो योजनाले समस्या तत्कालै समाधान हुने बताउनुभयो । अध्यक्ष सारुले काममा सबै मिलेर एकजुट भएर लाग्न सकिएमा विकासले फड्को मार्ने बताउनुभयो ।कार्यक्रममा खानेपानी प्राविधिक शोभाखर अधिकारीले यो पानी चैत्र मसान्त सम्म सबैको साथ र सहयोग भएमा नया वर्ष बाट सबैको घरघरमा पानी पु्रयाउने बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद आचार्यले सबैले घरघरमा पानी उपभोग गर्न पाउन लागिएको मा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । उपभोक्ता समितिले आवस्यक पर्ने सहयोग हरक्षण हरपल सहयोग गर्ने अठोट पनि व्यक्त गर्नुभयो । कार्यक्रम उपभोक्ता समितिका सचिव सुरेश देवकोटाले गर्नुभएको थियो । यो खानेपानी आयोजनाले मेदासी,बास्टारी,खैरेनी करिब ३५ घरधुरीलाई खानेपानी डिभिजन कार्यालयको आर्थिक र प्राविधिक सहयोगमा हुदै छ ।


प्रकाशित : २०७७ फागुन २८ गते १७:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology