ताहुँमा रम्भा गाउँपालिकास्तरिय भलिबल प्रतियोगिता सम्पन्न

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७७ फागुन २९ गते २२:४३

फागुन २९,ताहुँ

पाल्पामा रम्भा गाउँपालिकास्तरिय पूरुष भलिबल प्रतियोगिता ताहूँमा सम्पन्न भएको छ ।

रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा रम्भा गाउँपालिकास्तरिय युवा सञ्जालका  समितीले आयोजना गरेको पालिकाभित्रको वडा स्तरीय पूरुष भलिबल खेलमा ५ वटा वडाका १० टिमको सहभागिता रहेको थियो । टी.टी.सिस्टम अनुसार भएको खेलमा वडा नं.-२,फोक्सिङकोटको समुह प्रथम, वडा नं.-३, पिपलडाँडाको समूह द्वितीय र वडा नं.-५,ताहुँको समूह तृतीय भएको छ । प्रथम, द्धितीय र तृतीय विजेताहरुले क्रमश: ३० हजार ,२० हजार र १० हजार नगद साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । विजयी समुहहरुलाई पूरस्कार वितरण गर्दै रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले खेलले शारीरिक तथा बौद्धिक स्तर बृद्धि हुने बताउनुभयो ।” खेल जित्न खेलाडीहरु जसरी मिल्नुपर्छ त्यसै गरी समाज विकास निर्माणमा समुदायका मानिस त्यहि अनुसार मिले समाज राम्रो र समृद्ध हुन्छ।” उहाँले भन्नुभयो ।
कार्यक्रमका अध्यक्ष एवं रम्भा युवा सञ्जाल समिति अध्यक्ष आशिष श्रेष्ठले यसरी युवा संजाल स्थापना गरेर कार्यक्रम गरेको रम्भा युवा संजाल संभवत: पहिलो भएको दाबी गर्दै रम्भाबाट खेलाडी छनोट गरी प्रदेशस्तरीय खेलमा समेत सहभागी गराउन सफल हुने बताउनुभयो । कार्यक्रममा रम्भागाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकाल , हेफर इन्टरनेशनल,नेपालका संस्थापक डा . तिर्थ राज रेग्मी लगायतले शुभकामना व्यत्त गर्नुभएको थियो । कार्यक्रम जिल्ला खेलकुद विकास समितिका पूर्व कोषाध्यक्ष प्रकाश श्रेष्ठको संचालनमा भएको थियो । तीन दिन सम्म खेलाडीहरुको लागि खाजा,यातायात खर्च ,नास्ता र बास बस्ने समेत व्यस्थापन मिलाएर खेल सम्पन्न गरिएको थियो ।


प्रकाशित : २०७७ फागुन २९ गते २२:४३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology