सिलुवामा टोल स्तरीय भलिबल खेल प्रतियोगिता सम्पन्न ।।

कृस्ण पंगेनी
प्रकाशित : २०७७ चैत १ गते १८:०३

टोल स्तरिय पुरूष भलिबल प्रतियोगिता सम्पन्न ।।
पूर्वखोला गाउँपालिका वडा नम्बर एक सिलुवा मस्लाङ स्पोटर्स क्लव को आयोजना मा महाशिवरात्री को अबसरमा पारी आयोजना गरिएको टोल स्तरिय पुरूष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । फागुन २७ गते देखि फगुन २९ सम्म चलेको औपचारिक रुपमा सम्पन्न भएको थियो ।१७ टिम को सहभागि रहेको सो प्रतियोगिता को समापन तथा पुरस्कार बितरण कार्यक्रम को प्रमुख अतिथि पूर्वखोला गांउ पालिका वडा नम्बर एक सिलुवा का कार्यवाहाक वडा अध्यक्ष गिरिमान आले ले बोल्दै खेलकुद को माध्यमबाट युवा हरूमा खेल तथा अनुशासासन को पाठ सिक्दै जानु पर्ने कुरा मा जोड दिनुभएको थियो ।कार्यक्रममा पूर्वखोला गाउँकार्यपालिका सदस्य राजु परियार, पूर्वखोला गाउँ पालिका वडा नम्बर एक सिलुवा वडा सदस्य रितमान श्रेष्ठ ,हात्तीलेक सामुदायिक बहुउद्देश्यीय सहकारी संस्था लि का ब्यबस्थापन ज्ञान बहादुर राना लगायत ले शुभकामना ब्यक्त गर्नु भएको थियो । प्रतियोगितामा प्रथम रामपुर नगर पालिका वडा नम्बर ९ ठाँटी टोल ,द्धितीय आयोजक ,र तृतीय सिलुवा बैछाप टोल भएको थियो । प्रतियोगिता मा प्रथम पुरस्कार प्रथम, दितीय, तृतीय क्रमश १५ हजार , १० हजार र ७ हजार पाच सय रहेको थियो । कार्यक्रम मस्लाङ स्पोटर्स क्लवका अध्यक्ष पुष्प आले को अध्यक्षता खेल संयोजक खेम आले संयोजकत्वमा लक्ष्मण विश्वकर्मा को संचालन मा सम्पन्न भएको थियो । साझ रात्रीकालिन कार्यक्रम अन्त्रगत कढुवा नाच समेत हुने आयोजकले जानकारी गरायो ।


प्रकाशित : २०७७ चैत १ गते १८:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology