ओके बाजे द्धारा बालकल्याण विद्यालयमा शैक्षिक सामाग्री सहयोग ।।

प्रकाश देवकोटा
प्रकाशित : २०७७ चैत ८ गते २१:०५

हेक्लाङ , पाल्पा
जापानी समाजसेवि काजुमासा काकिमी ओके बाजेले पूर्वखोला गाउपालिका -६ झेमराङ्ग मा रहेको बालकल्याण प्राथमिक विद्यालयमा एक कार्यक्रमका बिच ५३ जना विद्यार्थी हरूलाई कापि र कलम वितरण गर्नुभएको छ । वितरण कार्यक्रमकै अवसरमा प्रमुख अतिथि ओके बाजेले विद्यालयमा ५० हजार रूपैयाको अक्षयकोष खडा गर्नुभएको थियो । सो रकमबाट आउने व्याजको २०% रकम प्रत्येक वर्ष मुलधनमा थप्ने र बाकि रकम विद्यार्थीको लागी आवश्यक सामाग्री वितरण गर्नुपर्ने बताउनुभयो । साथै सबैले थोरै थोरै सहयोग गर्ने हो भने विद्यालय सञ्चालनमा कुनै अप्ठ्यारो नपर्ने र सहयोग जुटाउन शिक्षक अभिभावक लाई लाग्न सुझाउनु भयो । आगामि दिनमा पनि सहयोग गर्ने बताउनुभयो ।सोहि कार्यक्रम मा पूर्वखोला गाउँपालिका हेक्लाङ वडा सदस्य नरेन्द्र काम्मुले सहयोग दिने हातहरू लाई धन्यवाद दिनुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक शंकर न्यौपानेले विद्यालयको सम्पूर्ण अवस्थाको जानकारी गराउनुभएको थियो । कार्यक्रममा पूर्वखोला गाउपालिका वडा नं १ सिलुवा का समाजसेवि तथा ओके बाजेका सहयोगी पुर्ण बहादुर गाहा लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराबहादुर काम्मु र कार्यक्रम संचालन विद्यालय का शिक्षक प्रकाश देवकोटाले गर्नुभएको थियो ।


प्रकाशित : २०७७ चैत ८ गते २१:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology