माथागढीको ओलेसमा खानेपानी उद्घाटन

मायां बस्याल
प्रकाशित : २०७७ चैत १३ गते २१:४०

१३ चैत,।
माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीमा सञ्चालन भएको अाेलेस खानेपानी याेजना सम्पन्न भएको छ
। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्षले उपभोक्ताले गरेको यस्तो प्रशंसनीय कामलाई हृदय देखि नै धन्यवाद दिनु भएको छ। अाेलेसका उपभोक्ताले गरेको कार्य सह्रानीय भएको भन्दै भाैगाेलिक विकटता र पानी समुदाय बाट तल भएको हुदा माेटरबाट तानेर खानु पर्ने यस्तो समस्यालाई पालिकाकै समस्याका रुपमा लिएर माेटर चलाउदा उठ्ने विद्युत महशुललाई मिलेसम्म पालिका बाट सम्बाेधन गर्ने र अागामी अाउने समस्या समाधान गर्न पनि पालिकाले पहल चाल्ने प्रतिबद्धता जनाउनु भएको छ।

कार्यक्रमका विशिष्ट अतिथि तथा कार्यपालिका उपाध्यक्ष निर्मला भट्टराईले सबै उपभोक्तालाई शुभकामना दिदै सबै एकजुट भएर काम सम्पन्न गर्नु भएको हुदाँ धेरै राम्रो काम भएको सबैको घरमा पानी झरेपछि सबै महिलाको कार्यबाेझ समेत कम हुने महिलाहरु सधैं पानी बाेकेरै दिन विताउने समस्या पनि समाधान हुने भन्दै सहयोगी सबैलाई धन्यवाद समेत दिनु भएको छ ।

कार्यक्रममा वडा अध्यक्ष दिपक थापाले अाेलेसका जनताको खानेपानी समस्या समाधान गर्न सबैले गर्नु भएको सहयोग एकजुट र एेक्यबद्धता प्रति हार्दिक अाभार प्रकट गर्नु भएको छ साथै अागामी सञ्चालन हुने याेजना पनि यसैगरी सबै मिलेर सहकार्यमा गर्नु पर्ने त्यसरी गरेकाे कामको अाैचित्य पूर्ण हुने र याेजनाले पूर्णता पाउने याेजनाकाे उद्देश्य समेत पूरा हुने भन्दै सबैलाई धन्यवाद दिनु भएको थियो ।

याेजना सञ्चालनमा विद्युत समस्या हटाउन सहयोग गर्नुहुने वितरण प्रणाली सुदृढीकरण विस्तार अायाेजना सहायक ईन्जिनियर राेइन्द्रप्रसाद भण्डारीले कार्यक्रममा बाेल्दै सबै उपभोक्ता मिलेर विद्युत समस्या समाधान गर्न गर्नु भएको सहयोग तथा याेजना सम्पन्न गर्नु भएको काम प्रति अाफू सन्तुष्ट भएको भन्दै याेजनाकाे दिर्घायुकाे लागि उपभोक्ता सबै एकजुट हुन अाग्रह समेत गर्नु भएको थियो

कार्यक्रममा सहयोगी ठेकेदार ठग्गा थारुलाई मायाको चिनाे सम्मान पत्र सहित दाेसल्ला अाेडाएर सम्मान गरिएको थियो । भने खानेपानी मुहानमा गई प्रमुख अतिथि सन्तोष थापा बाट रिबन काटी उद्घाटन सहित माेटर अन गरि पानी सञ्चालन गरिएको थियो । साथै याेजना सञ्चालनमा विद्युत समस्या हटाउन सहयोग गर्नुहुने वितरण प्रणाली सुदृढीकरण विस्तार अायाेजना सहायक ईन्जिनियर राेइन्द्रप्रसाद भण्डारीले ट्रान्सर्फमर मा रिबन काटी उद्घाटन गरि बत्ती समेत बालेर विद्युतीय समस्या समेत हटाउनु भएको छ

कार्यक्रम अाेलेस खानेपानी याेजनाका अध्यक्ष खर्क बहादुर घर्ती मगरको अध्यक्षता नरमति चिदीकाे स्वागत मन्तव्य तथा कृष्ण सारुकाे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७७ चैत १३ गते २१:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology