नेपाल पुस्तक तथा स्टेशनरी संघको छैठौं जिल्ला अधिवेशन तथा वनभाेज कार्यक्रम सम्पन्न

माया बस्याल
प्रकाशित : २०७७ चैत १५ गते ०:४०

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय संघ काे अायाेजनामा छैठौं जिल्ला अधिवेशन तथा वनभाेज कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका अध्यक्ष किशोर भट्टराईले स्टेशनरी व्यवसाय सम्मानजनक भए पनि धेरै स्थानमा अपमान र नकारात्मक साेच हावि हुदाँ व्यवसाय सञ्चालन गर्न कठिन हुने गरेको साथै दर्ता नभई स्टेशनरी सामग्री वितरण गर्ने , विद्यालयले पुस्तक विक्रिवितरण गर्ने , अस्वस्थ प्रतिस्पर्धा गर्ने जस्ता यावत् समस्या रहेको हुदाँ स्टेशनरी सञ्चालन गर्न कठिन भएको जस्ता समस्या अाैल्याउदै त्यस्तो समस्या समाधान गर्न गरिएका विकल्पका बारेमा समेत छलफल गरिएको थियाे।

कार्यक्रमका अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा पुस्तक व्यवसाय संघ लुम्बिनी प्रदेशका काेषाध्यक्ष कमलराज तिमिल्सेना ले व्यवसायलाई संगठित रुपमा अगाडि बढाउन अस्वस्थ प्रतिस्पर्धाकाे नकारात्मक प्रभाव परेको हुदाँ सबै संगठित रुपमा अगाडि बढ्दै साझेदारीतामा अाफ्नाे व्यवसायलाई अगाडि बढाउन अाग्रह समेत गर्नु भएको छ । स्टेशनरी व्यवसायलाई अगाडि बढाउन र दर्ता गरि सञ्चालन गर्ने र नगर्नेलाई त्यो व्यवसाय सञ्चालन गर्न नदिन समेत अाग्रह गर्नु भएको छ ।
पत्रकार महासंघ सदस्य कृष्ण कार्कीले शुभकामना मन्तव्यका क्रममा व्यवसायलाई व्यवस्थित तरिकाले अगाडि बढाउन सबै मिलेर अगाडि बढ्नु पर्ने र सबै एकजुट भई व्यवसाय फस्टाउने भन्दै सबै मिलेर अगाडि बढ्नु पर्ने र अस्वस्थ प्रतिस्पर्धा गर्ननहुने विषयलाई महत्त्व दिनुभएको थियो ।

सल्लाहकार नरेश चन्द्र भट्टराईले पनि सबै व्यवसायीलाई शुभकामना दिदै हामी सबै एक हाै सबै मिलेर अगाडि बढेमा लक्ष्य तथा उद्देश्यमा पुग्न कठिन नभएको भन्दै सबै एकजुट भएर अगाडि बढ्न र परेका समस्या सुल्झाउन अाग्रह समेत गर्नु भएको थियोे ।

किशोर भट्टराई अध्यक्ष सहित ११ सदस्यीय कार्यसमिति रहेको समिति पुनःगठन भएको छ जसमा निर्वाचन समिति तथा सम्पूर्ण स्टेशनरी व्यवसायीले पूर्व अध्यक्षलाई नै अध्यक्षता ग्रहण गर्न गरेको अाग्रह सहित नयाँ कार्यसमिति गठन गरिएको हाे । जसमा २ जना नयाँ सदस्य थप गरी,१३ सदस्यीय कार्यसमिति हुनेगरी किशोर भट्टराईलाई अध्यक्ष चयन गरेकाे छ । साथै निर्वाचन समितिले पद वहाली समेत गराएको छ ।

कार्यक्रम कार्यसमित सचिव तारा सुनारीकाे सञ्चालन तथा कार्यसमिति उपाध्यक्षकाे स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम किशोर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्रकाशित : २०७७ चैत १५ गते ०:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology