पाल्पाली कवि टंक पन्थ द्वारा लिखित ‘समय स्फाेट ‘ कविता विमाेचन

माया बस्याल
प्रकाशित : २०७७ चैत १५ गते १८:५०

चैत १५ गते,
विमाेचन कार्यक्रम धवल पुस्तकालयको अायाेजनामा सम्पन्न भएको हाे ।
नेपाल प्रज्ञा प्रतिष्ठान तथा कार्यक्रमका प्रमुख अतिथि डा. देवी नेपालले साहित्यकाे महत्त्वपूर्ण क्षेत्र कविता विधा हाे पाठकले पढेपछि अान्नदता महशुस हुन्छ त्यो नै कविता हाे कवि बन्न निकै कठिन छ । कविता लेख्दैमा कवि नबनिने साथै कविता रचना गर्न कठिन हुने यस्तै परिस्थितिलाई अाफ्नाे कलमको दायरामा ल्याइ पाठकले पठन याेग्याे तुल्याउनु टंक सरको प्रशंसनीय कार्य भएको यस्तो कार्यमा अाफू सहभागी हुन पाउनु निकै भाग्यमानी भएको महशुस भएको भन्दै अनगिन्ती शुभकामनाका भावनाहरु प्रस्तुत गर्नु भएको थियोे ।

कार्यक्रममा चोलेश्वर शर्मा, गणेश भट्टराई, टंक भट्टराई, नीलकण्ठ न्यौपाने टंक पन्थद्वारा लिखित कविता सङ्ग्रह “समय स्फोट” लाई हार्दिक शुभकामना व्यक्त गर्दै टंक पन्थका कृतिमा अाफूहरुले शुभकामना भन्दा अरु केही अभिव्यक्ति राख्न नसक्ने तथा पूर्ण रुप रहेको भन्दै प्रशंसा गर्नु भएको थियो ।
उक्त कविता सङ्ग्रहमा ६७ वटा कविता सङ्ग्रहित छन् ।
विमाेचन कार्यक्रममा कविता सङ्ग्रहमा लिखित कविताहरु त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक तुल्सीराम पोख्रेल लगायत अन्य साहित्यकार भावना खनाल, आयाम कार्की, रिता न्यौपाने, कमल खत्रीले समय स्फोट कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रम धवलपुस्तकालयका महासचिव राजेश अर्यालको सञ्चालन , अध्यक्ष युवराज पाैड्यालकाे अध्यक्षता तथा सन्तोष खनालको स्वागत मन्तव्यमा कार्यक्रम चलेको थियो ।


प्रकाशित : २०७७ चैत १५ गते १८:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology