रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि उद्ध्बुद्ध माध्यमिक विद्यालले हात पारेको छ । ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७७ चैत २५ गते ०:०३

चैत २४ । पाल्पा पूर्वखोला

चैत २३ र २४ गते भएको रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चैत २४ गते सकिएको छ । प्रतियोगितामा पूर्वखोलाका ७ वटा माध्यमिक विद्यालयहरुले भाग लिएका थिए १० ओटा खेल भएको प्रतियोगितामा
उद्द्बुद्ध ७ स्वर्ण , ४ रजत र १ कास्य सहित पहिलो भयो त्यस्तै शम्भु माध्यमिक विद्यालय ४ स्वर्ण ५ रजत र २ कास्य दोस्रो स्थानमा रहयो । जनमार्ग ३ स्वर्ण , २ रजत र ५ कास्य सहित तेस्रो स्थानमा रह्यो । गणपति २ स्वर्ण ,४ रजत ,४ कास्य चौथो स्थानमा रहयो । , मातृभुमि २ स्वर्ण, २ रजत र २ कास्य सहित पाचौ स्थानमा रहयो । सरस्वती १ , स्वर्ण २ रजत र ५ कास्य सहित छैटो स्थानमा रहयो । र जनप्रिय १ स्वर्ण तथा रजत र कास्य विहिन रही सातौ स्थानमा रहयो । खेलमा विजेता खेलाडि हरुलाई मेडल र प्रमाण पत्र गाउँपालिका अध्यक्ष नुन बहादुर थापा , प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु , वडा न ३ वडा अध्यक्ष निलकण्ठ भट्टराई , पूर्वखोला गाउँपालिका इन्जिनियर शिव शर्मा लगाएतले विद्यार्थी हरुलाई वितरण गर्नु भएको थियो । कार्यक्रम रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पूर्वखोला संयोजक तथा गाउँपालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामा शिक्षा शाखा प्रमुख डिल्ली राम ढुङाना स्वात मन्तव्य तथा शिक्षा शाखा प्रा. शा बिक्रम बस्नेतको संचालन मा उद्धबुद्धको खेल मैदान मा सम्पन्न भएको हो ।
बाकिँ खेलको पूर्ण विवरण अर्को समाचारमा ।। कन्दरा न्युज फलो गर्दै गर्नु होला ।


प्रकाशित : २०७७ चैत २५ गते ०:०३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology