रिङ्नेरह वडा अध्यक्ष कप सम्पन्न ।।

Kandara News
प्रकाशित : २०७७ चैत २६ गते २३:१३

रिङ्नेरह प्रथम वडा अध्यक्ष सम्पन्न भएको छ ।
पाल्पा , पूर्वखोला
२ दिन सम्म संचालन भएको प्रथम वडा अध्यक्ष कप अन्तर टोल स्तरीय भलिबल प्रतियोगिता , ब्यानमिन्टन तथा बुहारी घैटोफोर प्रतियोगिता सम्पन्न भएको छ । भलीबल खेलमा साबिक ९ वटा टोलको सहभागिता रहेकोमा रोङ्ढ्ङ टोल विकास समिति प्रथम , भाल्कुन टोल विकास समिति द्धितीय र मन्जीरडाडा टोल विकास समिति तृतीय भएका छ भलीबल खेल प्रदेश रेफ्री नुन बहादुर खासु र हुम बहादुर श्रेष्ठले संचालन गर्नु भएको थियो । त्यस्तै बुहारी हाडी फोर प्रतियोगितामा सात वटा वडाको ३५ जना खेलाडी सहभागीता रहेको थियो । जसमा ६ जनाले घैटो फोर्न सफल भएका छ्न प्रथम देउराली रोङ्ढ्याङ दिलमा सुनारी द्धितृय भालकुन गाहाडा टोल विकास समिति रनिसरा थापा र छाप्दी , खाक्सि टोल विकास समितिका सिर्जना खनाल तृतीय हुनु भयो । ब्यान्मिन्टन खेलमा विवेक न्यौपाने र सुबोध न्यौपाने को समुह प्रथम सालिग्राम आचर्य र सविन भट्टराईको समुह द्धितीय सोनु थापा र केशर थापा समुह तृतिय हुनुभएको छ । समापन कार्यक्रममा विजेता टिमलाई कार्यक्रमका प्रमुख अथिती तथा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा , प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु , योजना अधिकृत विनोद नेपाल , शिक्षा अधिकृत डिल्ली राम ढुङाना , उद्धबुद्ध मा . वि का प्र. अ लोकहरी देवकोटा , उद्ध्बुद्ध कलेज प्रमुख शुसिल न्यौपाने लगाएतले बिजेता टिमलाई शुभकामना व्यत्त गर्नु भएको थियो । समापन कार्यक्रम वडा अध्यक्ष निलकण्ठ भट्टराईको अध्यक्षतामा नबिन आचार्यको संचालनमा भएको हो ।


प्रकाशित : २०७७ चैत २६ गते २३:१३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology