रामपुर नगरपालिका ५ ले बालकल्याण प्रा.वि. लाई ५५ हजार बराबरकाे कम्युटर प्रदान ।।

रमा भण्डारी
प्रकाशित : २०७७ चैत ३० गते ७:२०

चैत २९ ।। रामपुर पाल्पा

बालकल्याण प्राथमिक विद्यालय रामपुर नगर पालिका वडा नम्बर ५ पाल्पालाई कम्युटर र प्रिन्टर वडा नम्बर ५ पाल्पाले प्रदान गरेकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवनाथ ढुगानाकाे अध्यक्षतामा भएकाे सामाग्री हस्तान्तरण कार्यक्रम का मुख्य पाहुना वडा नम्बर ५ का वडा अध्यक्ष हिमाल मल्ल रहनु भएकाे हाे ।
विद्यालयका प्रधानध्यापक बुद्विराज अाचार्यकाे स्वागत बाट शुरु भएकाे कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापकलाई १ थान कम्युटर ,फाेटाेकपि सहित प्रिन्टर गरि ५५ हजार बाबरकाे सामाग्रि एक कार्यक्रमका विच वडा समितिले हस्तान्तरण गरेकाे हाे । कार्यक्रममा मुख्यपाहुना वडा अध्यक्ष मल्लले बाेल्दै यश विद्यालयमा अहिले सम्म कम्युटर नभएकाे र सबै काम गर्ने समस्या भएकाे देखेर वडाले सहयाेग गरेकाे भन्नू भयाे ।
कार्यक्रममा वहाले यश विद्यालयलाई जहिले पनि वडाले सहयाेग गर्ने र अहिले साैचालय का लागि बजेट विनियाेजन भाछ समयमा काम गरेर सक्नु पर्छ भन्नू भयाे । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गाैतम ले बाेल्दै गुणस्तरीय शिक्षा दिनका लागि शिक्षक विद्यार्थी र अभिभावककाे सम्बन्ध नङ र मासुकाे जस्ताे हुनु पर्छ भन्दै सानाे भएपनि सहयाेग गरेका छाै सहि सदुपयाेग गर्ने अनुराेध गर्नु भयाे ।कार्यक्रममा अाउदै गरेकाे नया वर्षकाे शुभकामना अादाप्रदान भएकाे हाे । वडासमिति,शिक्षकअभिभावक सघ लगायतकाे सहभागितामा भएकाे कार्यक्रमकाे सन्चालन शिक्षक पिताम्वर पाेखरेलले गर्नु भएकाे हाे ।विद्यालयमा अहिले अङ्ग्रेजी माध्याम र नेपाली माध्यममा पढाइ भईरहेकाे छ ।


प्रकाशित : २०७७ चैत ३० गते ७:२०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology