विज्ञान शैक्षिक सामाग्री प्रदर्शनी प्रतियोगिता जनमार्ग माध्यमिक विद्यालयमा सम्पन्न ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ वैशाख ३ गते २०:३४

बैशाख ३ / पूर्वखोला , सिलुवा

पूर्वखोला गाउँपालिका शिक्षा शखाको आयोजनामा विज्ञान शैक्षिक सामाग्री प्रर्दशनि प्रतियोगिता पूर्वखोला -१ सिलुवामा जनमार्ग माध्यमिक विद्यालय मा सम्पन्न भएको छ । आधारभुत तह र माध्यमिक तह गरी जम्मा १० विद्यालय सहभागि प्रतोयोगितामा प्रत्यक विद्यालय बाट ५ भन्दा बडि विज्ञान विषयमा प्रयोगमा आउने प्रयोगात्म कार्यलाई प्रयोगशाला कार्य सहित, चित्र हरु बनाई प्रस्तुति करण गरेका थियो । त्यसरी प्रर्दशनिमा रहेका शैक्षिक सामाग्री स्थानीय स्तरमा खेरा जाने सामान हरु बाट निर्णमाण भएको पाईएको थियो । १० ओटा शिर्षकमा मुल्यांकन रहेर गरेको मुल्याङ्कन समितिका संयोजक कृष्ण प्रसाद भट्टराईले जानकारी गराउनु भयो । प्रतियोगितामा उद्ध्बुद्ध माध्यमिक विद्यालय रिङ्नेरह प्रथम , जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला -१ सिलुवा द्धितीय , मातृभुमि माध्यमिक विद्यालय पूर्वखोला -४ देवीनगर तृतिय भएका थिए । विद्यार्थी हरुले आफुले बनाएको विज्ञानला सामाग्री हरु सबैलाई प्रस्ट हुने गरी व्याख्या र आफुहरुले बनाएको अनुभव साटेका थिए । प्रत्यक विद्यालय बाट ३ विद्यार्थी र विज्ञान शिक्षकको सहभागिता रहेको थियो । प्रथम द्धितीय , तृतिय , तथा सहभागि विद्यालय हरुलाई कार्यक्रमका प्रमुख अथिति तथा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागरथि भट्टराईले पूरस्कार वितरण गर्नु हुदै यस्ता खालका क्रियाकलाप बाट विद्यार्थीको मनोबल बढ्ने र शिक्षक सिकाईमा सहज हुने बताउनुभयो । कार्यक्रममा पूर्वखोला गाउँपालिका वडा न १का कार्यवाहक वडा अध्यक्ष गिरमान आले , वडा सद्स्य रितमान श्रेष्ठ , विद्यालयका प्रधानाध्यापक हरु, शिक्षक , अभिभावक हरुले विद्यार्थी हरुले बनाएको विज्ञान सामाग्रीहरुको अवलोक गर्नु भएको थियो । कार्यक्रममा जिल्लामा संचालन भएको राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा पदक हासिल गर्ने विद्यार्थी हरुलाई स्वर्ण , रजत , कास्य पदक दिलाउन सफल विद्यार्थी हरुलाई क्रमश ४ हजार , ३ हजार र २ हजार का दरले पूर्वखोला गाउँपालिकाले हौसला रकम सहित सम्मान गरेको थियो । कार्यक्रम पूर्वखोला गाउँपालिका शिक्षा अधिकृत डिल्ली राम ढुङानाको अध्यक्षतामा प्रशासन साहेक विक्रम बस्नेतको संचालनमा भएको हो ।  ( वाकिँ जानकारी भिडियो मार्फत आउने छ )


प्रकाशित : २०७८ वैशाख ३ गते २०:३४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology