पाल्पाको देवीनगरमा भएको खेलकुद तथा सास्कृतिक कार्यक्रम सम्पन्न

भुवन सिंजाली
प्रकाशित : २०७८ वैशाख ८ गते १७:४६

बैशाख ८ , देवीनगर , पाल्पा                                                               पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर तल्लो लेमधेममा गठित संवृद्रि युवा क्लब तथा जुनतारा बाल क्लबको २१ अाै वार्षिकोत्सब विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जापानी नागरिक समाजसेवी काजु मासा काकिमी (अाेके बाजे)ले युवाहरुलाइ सामाजिक अार्थिक क्षेत्रमा लाग्नु पर्ने अाफु अहिले ८२ वर्षको भए पनि साेच मन २२ वर्षको सरह भएकोले सामाजिक क्षेत्रमा क्रियाशील रहन सकेको बताउनुभयो ।
अाेके बाजेले तल्लो लेमधेमकाे खेलमैदान घेराबारकाे लागि १ लाख सहयोग गर्नु भएकाे छ ।वार्षिकोत्सबकाे अवसरमा साविक वडा स्तरीय पुरुष तथा महिला भलिबल र बाल क्लब स्तरीय बेलुन फाेर चम्चा डाैड प्रतियोगिता सन्चालन गरेकोमा पुरुष भलिबल प्रतियोगितामा ३५ समूह सहभागी रहेकोमा पहिलो माथिल्लो लेमधेम दाेस्राे तल्लो लेमधेम ‘बि ‘ समूह र तेस्रो तल्लो लेमधेमकै ‘ए’ समूह भए ।महिला तर्फ झाेकेदिकाे समूह पहिलो तल्लो लेमधेमकाे समूह दाेस्राे र रैयाकाे समूह तेस्रो भए ।भलिबल प्रतियोगितामा पुरुष तर्फ बिजय हुने समुहलाइ क्रमश नगद ३० हजार २० हजार १० हजार मेडल प्रमाणपत्र महिला तर्फ क्रमश नगद ६ हजार ४ हजार र २ हजार मेडल प्रमाणपत्र प्रदान गरेको थियो ।कार्यक्रममा समाजसेवी अाेके बाजे क्लबलाई २ हजार भन्दा माथि सहयोग गर्ने १५ जनालाई सम्मान पत्र मार्फत सम्मान गरेको थियो । १२ जना जेहन्दार बालबालिकालाई पुरस्कार ८ जना अति विपन्न बालबालिकालाई छात्रवृत्ति समेत वितरण गरेको थियो। वार्षिकोत्सब बैशाख ४ गते देखि ६ गते ३ दिन सम्म रातको १० बजे सम्म खेलकुद सास्कृति कार्यक्रम गरि मनाएको थियोे ।क्लबले वार्षिकोत्सबमा भएको अाम्दानि खर्च अाउदाे शनिबार सार्वजनिक गर्ने बताएको छ।


प्रकाशित : २०७८ वैशाख ८ गते १७:४६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology