रामपुर नगरपालिका मा बैशाख १२ गते देखि १९ गते सम्म वार्षिक परीक्षा सन्चालन हुने ।

दुर्गा चोहान मगर
प्रकाशित : २०७८ वैशाख १० गते १९:४६

१० बैशाख ।
रामपुर नगरपालिका पाल्पामा शैक्षिकसत्र २०७७ को वार्षिक परीक्षा आगामी बैशाख १२ गते आइतबार देखि सन्चालन हुने भएको छ ।
नगर शिक्षा समिति तथा माध्यमिक तह का प्र.अ. हरुको मिति २०७७/०१/०९ गते बसेको आकस्मिक बैठकले जिल्ला प्रसासन कार्यालयले जारी गरेको विज्ञप्ति लाई समेत मध्यनजर गर्दै उक्त निर्णय गरेको हो । आइतबार बार देखि सन्चालन हुने परीक्षा २ सिफ्टमा पहिले बिहान ७ बजे देखि ९ बजे सम्म कक्षा ६,७ र ९ को साथै ११ बजे देखि दिउँसो २ बजे सम्म बालकक्षा ,१,२,३,४,५,र ८ कक्षा को सन्चालन हुने जानकारी बैठकमा सहाभागी जनशान्ती मा.वि. का प्र.अ. ढक बहादुर सिन्जाली ले जानकारी गराउनु भएको हो ।विश्वभर महामारीको रूपमा फैलिएको कोभिड-१९ का कारण बैशाख २० गते भित्र परीक्षा सन्चालन गर्नुपर्ने भए पछि स्वास्थ्य मापदण्ड लाई मध्यनजर गर्दै यसो गरिएको र त्यहि अनरुप निर्णय भएको प्र. अ. सिजालीले बताउनु भयो ।


प्रकाशित : २०७८ वैशाख १० गते १९:४६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology