साेमबार पाल्पामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

Kandara News
प्रकाशित : २०७८ वैशाख २० गते १७:४५

सोमबार पाल्पा मा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पा ले दिएको जानकारी अनुसार सोमबार ९७ जनामा गरिएको परिक्षणमा ७३ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
सोमबार संक्रमित हुने मा माथागडी गाउँपालिका ३ जना, रामपुर नगरपालिका २ जना, पूर्वखोला गाउँपालिका ५ जना, रैनादेवि छहरा गाउँपालिका १जना, रम्भा गाउँपालिका १ जना, बगनाशकालि गाउँपालिका ५ जना, तिनाउ गाउँपालिका २ जना रिब्दिकोट गाउँपालिका ४ जना , निस्दी गाउँपालिका २ जना र तानसेन नगरपालिका र अस्पतालहरुमा ४८ जाना गरि जम्मा ७३ जनामा कोरोना भाइरस पोजेटीभ पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पा का सुचना अधिकृत ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ वैशाख २० गते १७:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology