माथागढीमा जन प्रतिनिधि चड्ने गाडि एम्बुलेन्सको रुपमा प्रयोग ।।

माया बस्याल
प्रकाशित : २०७८ वैशाख २९ गते २१:४६

पाल्पा । माथागढी गाउँपालिकाकाको जन्प्रतिनिधि चढ्दै आएको सरकारी गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएका छ । गाउँपालिका अध्यक्ष थापाले आफू चढ्दै आएको ग १ झ ३५६ नम्वरको गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएको बताउनु भयो ।
माथागढी सहित जिल्लाभर कोरोना संक्रमित बढ्दै गएपनि बिरामीले एम्बुलेन्स नपाउँदा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले यसप्रकारको निर्णय गरिएको थापाले बताउनु भयो ।

माथागढी गाउँपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा रहेका छन् । अध्यक्ष चढ्ने एक गाडी र भूपू सैनिकको समेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्ने ब्यवस्था मिलाइएको थापाले बताउनु भयो । यी गाडीहरु २४सै घण्टा सेवाप्रवाह गर्ने गरी तयारी अवस्थामा राखियको छ ।


प्रकाशित : २०७८ वैशाख २९ गते २१:४६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology