युवा ब्यवसायी श्रेष्ठ दाजु भाई द्धारा रामपुर अस्पताललाई सहयोग

रमा भण्डारी
प्रकाशित : २०७८ जेठ ३ गते २०:५०

जेठ ३ रामपुर पाल्पा,

युवा ब्यवसायी  दाजु भाई अशोक  श्रेष्ठ र चन्द्र बहादुर श्रेष्ठ  रामपुर अस्पताल रामपुरलाई अक्सिजन सिलिन्डर भर्न सहयोग गर्नु भएको हो । रामपुर अस्पतालका अस्पताल सन्चालक समितिका उपाध्यक्ष ईश्वरी खनालले अहिले देशभरि अक्सिजनको अभावको खबर आइरहेको र व्यवस्थापन गर्न गार्हो भैरहेको बिषम परिस्थितिमा सहयोग गर्नु भएकोमा धन्यवाद दिनुहुदै यो कोभिडसंग सबै मिलेर लाग्न आग्रह गर्नु भएको छ ।

विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरस संक्रमणको जोखिम परिस्थितिमा  अस्पतालमा अक्सिजन आपुर्तिमा सहजता होस भनि आर्थिक सहयोग गरेको श्रेष्ठ दाजुभाइ ले बताउनु भयाे ।
त्यस्तै अस्पतालका नि प्रमुख डाक्टर बिजय परियारले सहयोग गर्नु भएकोमा धन्यवाद दिनु हुदै सुरक्षा अपनाउन र भौतिक दुरि काम गरि सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको छ । अहिले देशभरनै अक्सिजनको अभावका कारण हाहाकार मचिएको बेला श्रेष्ठ दाजुभाइले १० वटा सिलिन्डर भर्न लाग्ने खर्च दिनुभएको छ ।


प्रकाशित : २०७८ जेठ ३ गते २०:५०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology