कोरोना र म

प्रकाश देवकाेटा
प्रकाशित : २०७८ जेठ १२ गते १०:३४

विश्व नै आक्रान्त बनाईरहेको कोरोना । कोरोना के हो ठ्याक्कै पत्ता लागिनसकेको अवस्था । बच्ने उपाय भनेको भेटघाट कम, सामाजिक दुरी , मास्क ,नियमित हात धुने । कोरोना रोकथाममा सबै लागि परेको तर पूर्ण रूपमा सफल हुन नसकेको । जनमानसमा डर त्रास भयाबह । परिबारजन आफन्त गुमाउनुको पिडा त भैहाल्यो । कतै अक्सिजन नपाएको पिडा त कतै अस्पतालमा वेड । हुनत सिमित स्रोत साधनमा संङ्क्रमण दर वृद्धि भएसी उपचार सहज कसरी होस त ।
मलाई यी र यस्ता घटना र परिघटना ले सधै झसङ्ग र साबधान बनाईरहन्थ्यो । साबधान भएकै हो । तर समयको खेल आफुले सोचे झै कहा हुन्थ्योर । मनले कता कता कुनै कुनाबाट pcr चेक गर भन्थ्यो त कतै बाट हैन कुनै लक्षण छैन किन गर्ने रु फेरि होईन चेक गरे आफु त ढुक्क भईन्छ भन्ने मनले कतै बाट pcr गर्न दबाव दियो । pcr गरियो रिपोर्ट जे सोचेको त्यहि आएन ।
pcr को लागि स्वाव दिएको ४ दिनको जब नतिजा सुनियो तब केहि मिनेटको अन्तरालमा कुनै लक्षण नदेखिएको मलाई एक्कासी स्वास फेर्न गार्हो भयो ,टाउको फुट्ला झै भयो ,हातगोडा नचल्ला झै । हत्तेरी समय सकियो । मनमनै सोचे आफुले चाहेर कहा हुन्छर ।
मस्तिष्कमा कति असर पर्दो रहेछ भन्ने कुरा यसले सजिलै अनुमान गरायो । केहि बेर तनाब भो । तर जति लक्षण देखिएको थियो सबै मस्तिष्कमा देखियो ।
अब रिपोर्ट पोजेटिभ देखिएसी एकान्तबास सुरू भो हुनत pcr गरेपछि केहि हद सम्म सुरक्षित नै थिए ।कोरोनाको रिपोर्ट पछि फेसबुक स्टाटस राखिदिए सिजन २ अवार्ड जित्नको लागि नोमिनेसनमा परियो ।साथि भाई आफन्ति लगायतको धेरैले मेरो स्वास्थ्य अवस्था बुझ्न,हौसला र सल्लाहसुझाव दिनको लागि फोन गर्नुभो र दिनुभो कतिले सामाजिक सञ्जाल मा सिघ्र स्वास्थ्य लाभको कामना ।घरपरिवारको माया सत्भाव निरन्तर भईरह्यो ।
कुनै पनि लक्षण नदेखिएकाले मलाई शारीरिक रूपमा असर त परेन तर मानसिक रूपमा भने असह्य पिडा छाईरह्यो ।बाहिर जति हासे पनि भित्रि पिडा मानिसहरूको दर्दनाक अवस्था देखिदा वा सुनिरहदा आफुलाई त्यो अवस्था नआउला भन्ननै पो कहा सकिन्थ्यो र ।
एक्लै सिमित चारदिवार भित्र सामान्य अवस्थामा बस्नु र यस्तो अबस्थामा बस्नु पक्कै समान रहेन । आफुलाई लागे पनि कसरी परिबार छरछिमेक सबैलाई बचाउ भन्ने भावना सबैको हुन्छ । हुनत एउटै आमाको कोख बाट जन्मिएका को मन त फरक हुन्छ भने समाजमा पनि फरक बिचार सोच भएका मानिस कहा नहुन र रु आफुलाई केहि नहुदा सम्म सामान्यनै मान्नु पर्यो मानियो । तर नतिजाले केहि मानिसलाई लाग्दो हो त कोरोना त नेपालै वा विश्वभरी यसैले पो फैलाएको जस्तो बोली ब्यबहार । घर परेको बाटो हिड्दै सर्ला जस्तो गर्ने प्रवृतिले कता कता मनमा नमिठो अनुभुति गर्दो रहेछ ।
कोरोना त्यस्ता व्यक्तिले जित्दछन जस्को आत्मबल बलियो छ ,घरपरिवार र आफन्तको न्यानो माया सत्भाव पाईरहन्छ । कोरोना लागेको व्यत्तिलाई समाजले हेर्ने दृष्टिकोण बदल्नु पर्ने देखिन्छ यसो भन्दैमा बिरामिको छेवैमा गएर टाउको समाएर,सुख दुखका गफ गरेर बस्ने भन्न खोजेको होईन । सुरक्षित भएर । अवस्था कस्तो छ केहि भै हाल्यो भने मलाई सहयोग प्राप्त हुन्छ भन्ने बिरामिको मनमा भान परोस । यस्तो नहोस पर देखेसि उधोमन्टो लगाएर सामान्य हालखबर सोध्नै नहुने बोल्दानै सरिहाल्ने पक्कै होईन । कुनै परिवार को १ सदस्यलाई कोरोना देखियो भने प्राय घरका अरू सदस्य नि सुरक्षित भएर दैनिकि क्रियाकलापमा भै रहदा बिरामिको अवस्था र केहि स्वास्थ्य सामाग्री को लागि स्थानिय स्वंसेविका,स्थानिय स्वास्थ्यकर्मिले अहम भुमिका खेल्नुपर्ने देखिन्छ ।
अन्त्यमा यो रोग आफैमा पिडादायक छ चाहे लक्षणमुक्त होस चाहे लक्षणयुक्त होस । पिडा केहो कोरोना जितेका व्यक्तिलाईमात्र थाहा हुन्छ अरूत अनुमान मात्र गर्ने हो । रोग रोगनै हो । महामारी कम गर्ने आफै बाट हो ।सानो लापर्वाहि र हेलचेक्राई ले ज्यानै जोखिममा पर्न सक्छ । कोरोनालागेको व्यक्तिलाई माया र सत्भाव दिन नछाडौ कतै तपाईको १ कल फोन र अवस्था कस्तो छ भनेर सोधिदिदा बिरामिलाई राहत हुन्छ कि र। सचेत बनौ {हाल होम क्वारेन्टाईन बाट}


प्रकाशित : २०७८ जेठ १२ गते १०:३४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology