रामपुर नगरपालिकाले २०७८/०८९ को निति तथा कार्यक्रम सार्वजनिक ।।

रमा भण्डारी
प्रकाशित : २०७८ असार ७ गते २२:१९

रामपुर नगरपालिको नबौ नगरसभा आज सम्पन्न भएको छ । नगरसभा बाट २०७८।०७९ को लागि७४ करोड ६४ लाख ६१ हजार बरावरको अनुमनित वजेट प्रस्तुत भएको छ । झण्डै ४६ पेज लामो निति तथा कार्यक्रममा धेरै कुरा पुरानालाई नै प्राथमिकता दिइएको छ । नयाँ कुरामा आधारभुत स्वास्थ्य नगरको प्राथमिकतामा परेको छ । पालिका भित्रका प्रत्येक स्वास्थ्य चौकिमा एम्वुलेन्स सेवा दिईने निति सहित यस वर्ष “हाम्रो रामपुर, राम्रो रामपुर हाम्रो वडा राम्रो वडा हाम्रो टोलको विकास जनताको अपेक्षित निकास” भन्ने नारा सहित विभिन्न योजनाहरु निर्माण गरेको छ ।

नवौ नगरसभा नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । प्रत्येक वडामा नगर गौरभबको योजनाका लागि बजेट विनियोजन हुने देखिन्छ । जनताको अपेक्षा मेयर सुभेक्षा अन्तरगत दिगो विकासका लागि नागरिक सहभागिता अभिबृद्धि गर्न प्रत्येक योजनाहरुमा जनश्रमदान तथा लागत सहभागितालाई अनिबार्य लागु गरिने । नगरपालिकाको बोलपत्र आवाहान गर्दा इ विडिङ्ग बाट खरीद गर्ने निति अवलम्वन गर्ने , प्रत्येक वडामा सडक, खानेपानि , सिचाई र फोहर व्यवस्थापन गर्न योजना वैकं निर्माण गरि कार्यान्वयन गरिने छ । नगरपालिकाले सिचाई सम्वन्धि नितिहरु वनाएको छ , भवन तथा शहरी विकास सम्वन्धी नितिहरु पास गरेको छ ।
उर्जा, लघु तथा साना जलविधुत सम्वन्धी नितिहरु पास गर्दै सुचना सन्चार तथा प्रविधि सम्वन्धि निति निर्माण गरि नगरसभामा पास भएको छ । सामाजिक विकास सम्वन्धि निति अन्तरगत शिक्षा क्षेत्रमा एक वडा एक बालमैत्रि कक्षा कोठा भन्ने नारालाई प्राथमितामा राखेको छ । “हाम्रा जनप्रतिनिथि हाम्रा शिक्षक हाम्रा बाबु नानि को संरक्षक भन्दै बालमैत्री विभिन्न कार्यक्रम प्रस्तुत गरेको छ ।” स्वास्थ्य सम्वन्धी कोभीड१९मा खटिएका स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता देखि लिएर , मातृ तथा नवशिशु कार्यक्रम अन्तरगत आमा सुरक्षा कार्यक्रम, गर्भवति उत्प्रेरणा सेवा, न्यानो झोला र निशुल्क गर्भपतन कार्यक्रम लाई निरन्तरता दिईने ,शुुन्यहोम डेलिभरि कार्यक्रमको लागि स्वस्थ्य विमा कार्यक्रम र छोरि जन्म प्रोत्साहन भत्ता निरन्तता दिईएको छ ।
खानेपानि तथा सरसफाई , सस्ंकृति प्रवद्धन तर्फ जातजाति, भाषा, धर्म, मोैलिक सस्कृति र परम्पराको संरक्षण गर्ने , युवा खेलकुद तथा मनोरन्जन एक वडा एक खेलमैदान भन्ने अवधारणालाई अगाडि बढाएको छ । लंगिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम निति तथा कार्यक्रममा पेश भएको छ । त्यस्तै गरि कार्यक्रममा उपमेयरको चिनारी मेरो नगर मेरो जिम्मेवारी कार्यक्रम निरन्तता दिईएको छ । न्यायीक समिति तर्फ मेलमिलाप कार्यक्रम सन्चालन गरनेछ , आर्थीक विकास सम्वन्धि निति अन्तरगत कृषी तथा पशुपन्छी सम्वन्धी कार्यक्रम अन्तरगत कृषी योग्य जमिनको चक्लावन्दी गरि िकबुलिएती र करार खेति गर्न प्रोत्साहन गरिने जस्ता कार्यक्रम ल्याएको छ । नितितथा कार्यक्रममा पर्यटन सम्वन्धी विभिन्न कार्यक्र ल्याएको छ । उद्योग सम्वन्धी निति मा केवल कार र्पाक सडक उद्यान जस्ता क्षेत्रहरुलाइ प्रर्वद्धन गरि पर्यटन उद्योगलाई बढावा दिईने छ ।
सहकारि तथा अन्य वित्तिय क्षेत्र अन्तरगत हरेक गाउँमा उद्यम सहकारि कृषी सहकारी र उपभोक्ता सहकारी स्थापनामा जोड दिएको छ । सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा प्रशासकिय सुशासन व्यवस्था गर्न “हामीले तिरेको कर नगर विकासको आधार” रहरले काम गरौ हासेर सेवा गरौ भन्ने आदर्शलाई नगरवासिको चाहाना अनुरुप अगाडि बढाउन् निति पास गरिएको छ ।श्रम तथा रोजगार का क्षेत्रमा विभिन्न पुराना कार्यक्रमलाई निरन्तरताका साथ कोभिड व्यवस्थापन थपेको छ । बन तथा वातावरण, जलाधार संरक्षण तथा जलबायु परिवर्तन सम्बन्धी नितिहरु ,सरसफाई फोहरमैला व्यवस्थापन, रामपुर नगर ढल रहित शहर ,प्रकोप नियन्त्रण र विपद् व्यवस्थापन ,मानव संसाधन विकास सम्वन्धि नितिहरु पास गरेको छ ।
निति तथा कार्यक्रममा नगर उपप्रमुख विष्णु देवि घिमिरे आर्चायले आर्थीक वर्ष २०७८।०७९ को अनुमानित बजेट पेश गर्नु भएको छ । बजेट वक्तव्यमा उपप्रमुखले बजेटका प्राथमिकता र्निधारण गर्दैैै शिक्षामा पच्चीस करोड ४३ लाख ५० हजार सवै भन्दा धेरै विनियोजन हुने व्यवस्थन गरिएको छ । त्यस्तै गरि स्वास्थ्य तर्फ ५ करोड ७० लाख पचास हजार , सडकतर्फ चार करोड नौलाख पचपन्न हजार , भवन तथा शहरि विकास तर्फ एक करोड तेयातिस लाख पचपन्न हजार, सिचाई तर्फ ७३ लाख , उर्जा तथा विद्युतिकरण ४९लाख ५० हजार , सुचना प्रविधि विकास , खानेपानि तथा सरसफाई तर्फ २करोड ५ लाख सन्ताउन्न हजार , सस्कृति प्रवधन ६५ लाख ९० हजार , खेलकुद तथा मनोरन्जन ४० लाख ६० हजार , लैगीक समानता तथा सामाजिक समाबेशिकरणमा ५७ लाख ७० हजार आर्थिक विकास तर्फ १ करोड ५७ लाख ७० हजार , उद्योग तथा बाणिज्य ५६ लाख ९७ हजार , पर्यटन क्षेत्रका ४८ लाख ८० हजार प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारी रुपान्तरण प्रयोजन ८६ लाख , वातावरण तथा विपत व्यवस्थापन तर्फ १ करोड विनियोजन हुने अनुमानित आय पेश भएको छ । यस वर्ष रामपुर नगरपालिकाले १५ करोड आन्तरिक आय हुने अनुमान गरेको छ ।
निति तथा कार्यक्रम पेश गर्ने कार्यक्रममा आर्थीक समीति संयोजक एवम प्रवक्ता हुमनाथ न्योैपानेले आर्थीक बिकास तर्फको प्रगति प्रतिवेदन पेश गर्नुभएको छ , र्सावजनिक सेवा तथा सुशासन विकास समितिले सन्चालन गरेको कामहरुको प्रगति प्रतिवेदन संयोजक मित्रलाल कडेंल, भौतिक तथा र्पुवाधार विकास समिति संयोजक हिमाल मल्ल, न्यायिक समीति सदस्य विष्णु प्रसाद वस्यालले न्यायीक प्रतिवेदन पेश गर्नु भएको थियो । वडा न २ का वडाध्यक्ष तारा बहादुर थापाले बन विधेयक, सामाजिक विकास समिती संयोजक मिन बहादुर सिंजालले सामाजिक विकास बार्षीक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरीराम नागिलाको स्वागत वाट सरु भएको नगरसभामा नगरपालिका भित्रका विभिन्न क्षेत्रका उत्कृष्ट व्याक्तिलाई सम्मान गरिएको छ । सन्चारकर्मी ईमान सिं राना, वडा सचिव महेश भट्टराई, स्वास्थ्यकर्मी विक्रम भण्डारि, करदाता कृष्ण प्रसाद ढकाल, गंगा ढकाल, महेन्द्र श्रेष्ठ, कम्युटर अपरेटर अमृत राना, कार्यलय सहयोगी चोलाकान्त भट्टराई, सवारि चालक भेषबहादुर क्षेत्री सम्मानित हुनु भएको छ । त्यसै गरि बैकं तथा वित्तिय सस्थामा मुक्तीनाथ विकास बैंक , इन्टरनेट र्सवर वल्डलिङ्कलाई सम्मान गरेको छ ।
नगरसभामा नेकपा एमालेका संसदीय दलका नेता लिलबहादुर गाहाले बजेट चुनाव मुखी भएको, सजिलै मान्छे खुशि वनाउने खालको ल्याएको साथमा संंघ र प्रदेशका वजेटका काम नभएको काम गर्न ईच्छा नदेखिएको जस्ता विषय उठाउनु भएको थियो । त्यसै गरि नेकपाको तर्फ बाट कमलराज भट्टराईले आफ्ना फरक मत राख्नु भएको थियो ।


प्रकाशित : २०७८ असार ७ गते २२:१९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology