कक्षा १ देखि ३ सम्मका शिक्षक हरुका लागि एकिकृत पाठ्यक्म सम्वन्धी ३ दिने तालिम रामपुरमा आज बाट शुरु ।।

रमा भण्डारी
प्रकाशित : २०७८ असार २८ गते २०:५६

कक्षा १ देखि ३ सम्मका शिक्षक हरुका लागि एकिकृत पाठ्यक्म सम्वन्धी ३ दिने तालिम रामपुरमा आज बाट शुरु ।
असार २८ रमा भण्डारी रामपुर पाल्पा

शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको समन्वयमा एकिकृत पाठेयक्रम सम्वन्धी ३ दिने अभिमुखिकरण कार्यक्रम आज बाट शुरु भएको छ । रामतुलसी माध्यामिक विद्यालय रामपुर पाल्पाका प्रधानध्यापक बालकृष्ण लम्सालको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो । अभिमुखिकरण कार्यक्रमको उद्रघाटन गदै नगर प्रमुख थापाले शिक्षाको क्षेत्रमा फड्को मार्न सके बल्ल हामी सफल हुन सक्छौ भन्नु भएको छ । कार्यक्रममा नगर प्रमुख थापाले समाजमा नैतिक शिक्षा विद्यालयबाट बालबालिकाहरुले शिक्ने भन्दै शिक्षाको महत्वका विषयमा बोल्नु भएको हो ।
रामपुर नगरपालिका भित्रका ५३ वटा सामुदायिक विद्यालयका ५३ जना शिक्षक हरुको सहभागिता रहेको कार्यक्रम भोलि र पर्सि सम्म संचालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा आधारभुत तह कक्षा १ देखि कक्षा ३ सम्मका एकिकृत पाठ्यक्रमका बारेमा प्रशिक्षक दिपेन्द्र भट्टराइले सहभागिलाइ ज्ञानशिप सिकाउनु भएको थियो । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौड्यालले शिक्षा विना हरेककाममा समेत समस्या आउने भन्दै सबै सामुदायिक विद्यालयको पाठ्यक्रमहरु एकिकृत हुनु पर्छ भन्नु भएको छ । ,रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला ले बोल्दै कार्यक्रम सफलताको शुभकामना दिनुभएको छ । रामतुलसी माध्यामिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा नगर शिक्षा अधिकृत विकल काफ्लेले सहभागिलाइ स्वागत गर्नु भएको हो ।


प्रकाशित : २०७८ असार २८ गते २०:५६

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology