रामपुरको तालपोखराको स्तर उन्नति अन्तिम चरणमा

Kandara News
प्रकाशित : २०७८ साउन १३ गते ६:५२
बन्दना पाेखरेल
पाल्पाको रामपुरमा रहेको तालपोखरामा स्तर उन्नतिको काम सम्पन्न भएको छ । नेपाल सरकारले सुकिकृत गरेको एक सय पर्यटकीय गन्तव्यस्थल मध्येको यक तालपोखरालाई थप व्यवस्थित बनाउन गत माघ महिना देखी सुरु गरीएकोे स्तरोन्नतीको काम हालै सम्पन्न भएको हो । कास्की पोखरामा रहेको फेवातालको झल्कोे दिने गरी निर्माण गरीएको पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरा स्तरोन्नतीको काम सम्पन्न भए सगँै आन्तरिक पर्यटक बृद्धि भएको छ भने पानिले भरिएको ताल अत्यन्त मनमोहक देखिएको छ ।
तालपोखरा स्तर उन्नतिका लागी आर्थीक वर्ष २०७७÷०७८मा नेपाल सरकार पर्यटकीय विभाग भृकुटी मण्डव काठमाण्डौँ द्धारा ५० लाख रकम प्राप्त भएको थियो । ताललाई व्यवस्थित बनाउन ताल भित्रको तीन सय मिटर लम्बाई बराबर भित्ता ढलान गरीएको छ भने ८० मिटर उचाईमा ढुङ्गाको मेसीनरी वाल लगाउने काम सम्पन्न भएको तालपोखरा संरक्षण समितिका अध्यक्ष तथा तालपोखरा पर्यटकीय पूर्वाधार निर्माण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले बताउनुभयो ।
उहाँले तालपोखरा रामपुर नगरपालिकाको मुख्य पर्यटकीय गन्तव्यस्थल मध्ये एक रहेको भन्दै पर्यटकको थप आकर्षण बढाउनका लागि ताल र तालसगैँ रहेको पार्कलाई थप व्यवस्थापन गर्ने तथा अन्य संरचनाहरु थप्नुपर्ने बताउनुभयो । उहाले भन्नुभयो, “ तालको काम लगभग सकिएको छ, पार्कमा वनभोज, विवाह, व्रतवन्ध आदिका लागी थप व्यवस्थापन गर्ने वाल उद्यान निर्माण गर्ने काम बाकीँ नै छ । ” तालपोखरा परीसरको संरचना कच्ची भएकोले माटो खस्ने तालको पानी चुइने जस्ता समस्या देखीएसगैँ ताललाई व्यवस्थित बनाउन ताल वरिपरीको ६० मिटर चौडाई बराबरको जगमा तीन सय मिटर लम्बाई र ३ मिटर उचाईमा रडको जाली बुनेर पर्खालको भित्ता ढलान गरीएको छ भने ८० मिटर लम्बाई २ मिटर १० सेन्टि मिटर चौडाई र ३ मिटर उचाईमा ढुङ्गाको मेसीनरी वाल निर्माण गरिएको छ ।
त्यसै गरि सोहि रकमबाट तालको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिषरमा सेल्फी जोन समेत निर्माण गरिएको समितिका अध्यक्ष सागर देवकोटा बताउनुहुन्छ । तालपोखरा क्षेत्रमा ताल सगैँ आकर्षक पर्यटकीय संरचना निर्माण सम्पन्न भए पश्चात पर्यटकिय आर्कषणका लागी ताल व्यवस्थापन गरी दैनिक २ वटा डुङ्गा संचालन हुदै आएको थियो । पछिल्लो समय कोभिड १९ को सक्रमण बढेसगैँ जारी लकडाउनका कारण बिगत एक वर्ष देखि डुङ्गा संचालन गरिएको छैन । डुङ्गा संचालन हुदा दिनहुँ तीन सयको हाराहारीमा आन्तरिक पर्यटक भित्रने गरेको उक्त क्षेत्रमा अहिले स्थानिय पर्यटकहरु मात्र आउने गरेका छन् ।
विशेष गरी पाल्पा , स्याङजा, तनहु , नवलपरासी, रुपन्देही जिल्लाका पर्यटकहरुको घुइचो लाग्ने तालपोखरामा लकडाउन खुकुल्लो भएसगै ताल र पार्कलाई अझ व्यवस्थित बनाई देश विदेशका पर्यटक भित्रयाउने लक्ष्य रहेको तालपोखरा संरक्षण समितिको सदस्य तथा उक्त योजनाका सचिव जनक भण्डारीले बताउनुभयो । रामपुर नगरपालिका वडा नं ६ मा अवस्थित सामान्य गौचर तथा वर्षायामको पानी जम्मा हुने पोखरीलाई स्थानियको योजना अनुसार तालमा रुपान्तरण गरिएको हो ।
वि.स २०६६ सालमा धनधाञ्चल गरी निर्माण सुरु गरीएको उक्त तालपोखरा क्षेत्र व्यवस्थापन गरी तालको रुपमा विकास गरेसगैँ तालपोखरा संरक्षण समितिले प्रर्वद्धन गर्दै आइरहेको छ । पर्यटकिय गन्तव्यस्थलका रुपमा परीचित यस तालपोखराको करिब ७५ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमा ताल र पार्क समेत रहेको छ । करिव ४५ रोपनी क्षेत्रफलमा रहेको तालको बिच भागमा पोखराको फेवातालमा रहेको तालबाराही मन्दिर जस्तै गरी जलेश्वर महादेवको मन्दिर निर्माण गरीएको छ। बर्षायाममा सामान्य पानी जम्मा हुने तालपोखरा परीसरमा ताल मन्दिर तथा पार्क निर्माण गरी स्तरोन्नती गरिन थालेपछि स्थानीयहरु उत्साहित बनेका छन् । भने स्थानियको आर्थीक उर्पाजनमा समेत सहयोग पुगेको छ ।
यहाँ वरीपरि कोभिडको प्रभाव भन्दा अन्यवेला साना होटल र पसलहरु राम्रौ सगँै सन्चालित थिए । स्थानीय सुन्दर प्रसाद देवकोटा बताउनुहुन्छ, “ तालपोखराको स्तरोन्नतीले यस क्षेत्र हराभरा र रमणीय भएको छ ।, तालपोखरामा ताल र पार्क बनिसकेपछि गाँउको मुहार नै फेरीएको छ ।” यस्तै बुढौली उमेरमा दौतरीसगँ मन्दिर परीसरमा बसी हरियाली रमणीय वातावरणमा धर्मग्रन्थ पढ्न पाउदा मन खुसी हुने स्थानिय कृष्णराज ढकाल बताउनुहुन्छ ।
अहिले स्थानिय पर्यटकहरु शनिबारको र्फुसदमा आफ्नो परिवार लिएर जाने रमाउने गरको पाईन्छ भने ठिटा ठिटिहरु पनि टिकटक र सेल्फिमा रमाएको देख्न सकिन्छ । तालपोखरा नेपाल सरकारकाे एक सय पर्यटकिय स्थल मध्ये एक हाे । जहाँपानीमा माछा खेलेको हेर्न । पार्कमा भुल्न टहलिन फोटो खिच्न, बिवाह , पिक्निकका लागि आन्तरिक पर्यटकको आकर्षण बढेको छ। परिसरमा एक सुविधा सम्पन्न बास वस्ने होटल भने अवको आवश्यकता भित्र पर्दछ । त्यस्तै गरि तालपोखरा वरिपरि विभिन्न खालका स्थानिय उत्पादनलाई वजारिकरण गर्न पनि सहजहुने देखिन्छ।

प्रकाशित : २०७८ साउन १३ गते ६:५२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology