माधव नेपालले नयाँ पार्टिमा एकताबद्धता हुन कार्यकर्ता लाई अपिल गर्नु भएको छ आज भाद्र ७ गते एमालेका तेस्रो धार भनिएका भिम रावल सहितका नेता हरु नेकप एमाले अध्यक्ष के पि शर्मा वली संग भेट गरी १० बुदे समति गर्न तयार भए संगै तेस्रो धार भनिएका एमालेका नेता हरु माधव नेपाले नयाँ गठन गर्न लागेको नयाँ दलम समाबेस नहुने एमाले मै रहने भिन्न संचार माध्यम हरुमा प्रकाश भए संगै माधब कुमार नेपालले फेस्बुक स्टाटस मार्फत एक जुट हुन आग्र गर्दै अपिल गर्नु भएको छ । यस्तो छ माधब नेपालको फेसबुक स्टाटस
“दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमती’ का भ्रमपूर्ण समाचारहरू सार्वजनिक भएका छन्। अत: यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।”
नेकपा एमालेको ९ जना दोस्रो तहका नेता हरुले पार्टि अध्यक्ष के पी शर्मा वलीलाई मंगलबार सम्ममा १० बुधे कार्यनवय गर्न आग्रह गर्दै विज्ञप्ति निकालेको थियो । एमाले ले भोली मंगलबार नै स्थाई कमिटिको बैठक बोलाएको छ ।
प्रकाशित : २०७८ भदौ ७ गते २२:५९
Facebook Comment