“भिम रावलले माधव नेपाललाई धोका दिए।”-सोम प्रसाद पाण्डे

अमृत मग्राती
प्रकाशित : २०७८ भदौ ८ गते २:१६

काठमाडौं,भाद्र ७,सोमबार
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद सोम प्रसाद पाण्डेले पार्टी स्थायी कमिटी सदस्य भिम रावलकै योजना अनुरुप नै माधव नेपाल समूह पार्टी विभाजनको निर्णयसम्म पुगेको बताउनुभएको छ ।
आज एउटा टेलिभिजन कार्यक्रममा बोल्नुहुँदै सांसद पाण्डेले अन्तिम अवस्थामा नेता रावलले लिनुभएको राजनैतिक युटर्नले आफूहरूले छाती दुखेको बताउनुभयो । ” उहाँ नै हो पार्टी विभाजनका निम्ति विधान तयार गरौँ भन्ने । शुरुमा पार्टी विभाजनको विकल्प छैन भनेर चाहे त्यो शेर बहादुर देउवाको एलायन्सको छलफलमा भाग लिने होस कि कतिपय सम्झौता गर्ने प्रमुख व्यक्ति भिम रावल नै हो त । धेरै पटक बुढानिलकण्ठ पुग्ने मध्ये भिम रावल नै हुन । तर उहाँहरुको यो युटर्न राम्रो होइन ।” पाण्डेले भन्नुभएको छ । हिजो माधव नेपाललाई उचाल्नेहरु अहिले पछाडी हट्दा आफूलाई अचम्म लागेको समेत पाण्डेले बताउनुभयो । अहिले दर्ताको क्रममा रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीको विधान समेत तात्कालिन नेकपा(एमाले) माधव समूहका स्थायी समिति सदस्यहरुले नै तयार गरेको सांसद पाण्डेको दाबी छ ।

आफू जहिले पनि पार्टी एकताको पक्षमा रहेकोले यो वा त्यो गुटमा नलागेको पाण्डेले बताउनुभएको छ । पार्टी फुटिसकेको छ,कसरी एकता हुन्छ भन्ने प्रश्नमा सांसद पाण्डेले भोलि भाद्र ८ गते ११ बजे बस्ने नेकपा(एमाले) को स्थायी कमिटी बैठकसम्म एकताको सम्भावना जिवितै रहेको जिकिर गर्नुभयो । “भोलि बस्ने स्थायी कमिटी बैठकले विश्वासयोग्य प्रस्ताव ल्यायो भने एकता नहुने प्रश्नै आउँदैन ।” पाण्डेले भन्नुभयो । आफुले यस विषयमा स्थायी समितीका केही सदस्यहरुसंग कुरा गरिसकेकोले आशावादी रहेको पनि बताउनुभयो ।

सांसद पाण्डेले एकताका लागि माधव नेपाल पक्षिय सांसदहरूलाई सांसद पदबाट गरिएको कारबाही फिर्ता बटमलाइन शर्त रहेको बताउनुभयो । साथै गत पौष ५ गते संसद विघटन र त्यसयताका राजनैतिक घटनाक्रमको गम्भीर छलफल,संसदको बाँकी अवधी निरन्तरताको सुनिश्चितता,१० बुँदे प्रस्तावको अक्षरस पालना र कार्यान्वयन एवं पावर शेयरिङमा सन्तुलित,सम्मानजनक सहभागिता भएमा अझै पनि पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।


प्रकाशित : २०७८ भदौ ८ गते २:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology