अविरल वर्षाले रामपुरमा २ वटा घर भत्कीयो ।।

रमा भण्डारी
प्रकाशित : २०७८ भदौ ११ गते १८:५९

अविरल वर्षाले रामपुरमा २ वटा घर भत्कीयो ।।
भदौ ११ रमा भण्डारी रामपुर पाल्पा
रामपुर नगरपालिका वडा नम्वर ६ तिलकपुर पाल्पामा अविरल वर्षाको कारण ३ तले कच्ची घर भत्कीएको छ । काचो इट्टाले बनेको शेषकान्त घिमिरेको ३ तले कच्चीघर भत्कीएको हो । हिजो विहान देखि परेको अविरल वर्षाका कारण घर भन्कीदा मानविय क्षति नभएको वडा नम्वर ६ का वडा अध्यक्ष हुमनाथ न्यौंपानेले बताउनु भएको छ । राति १० वजेको समयमा घर पहिरो जादा घरमा रहेको खाद्यान्न लत्ताकपडा सबै माटोमुनि परेको कति क्षति भएको छ भन्ने एक्कीन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यलय रामपुरले जनाएको छ । यसै गरी रामपुर ६ को गैटारमा रहेको हरिकला ढुगानाको घरपनि अविरल वर्षाका कारण पहिरो गएको छ । राति २ वजेको समयमा काचो इट्टाले बनेको कच्चीघर पहीरो जाँदा अन्नपात लत्ताकपडा लगायतका सामान क्षति भउको छ । ढुगानाको घरमा कति क्षतिभएको छ भन्ने पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७८ भदौ ११ गते १८:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology