२४ घण्टा पछि एकतर्फि रूपमा सुचारू पाल्पा बुटवल सडक

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ १४ गते १६:१०

पहिरोका कारण आइतबार विहान देखि अवरुद्ध बुटवल तानसेन सडक एकतर्फी खुलेको छ। पाल्पाको तानसेन नगरपालिका ८ डुम्रेमा खसेको  पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी ले जानकारी दिनुभयाे।

अविरल वर्षासँगै राजमार्गका एकदर्जन जति ठाउँमा पहिरो जाँदा आइतबार विहानबाट सडक अवरुद्ध भएको थियो । अन्य ठाउँका पहिरो आइतबार नै पन्छाएपनि डुम्रेमा ठूलो पहिरो खसेकाले सडक सुचारु गर्न समय लागेको थियो ।


प्रकाशित : २०७८ भदौ १४ गते १६:१०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology