अन्तत: कलाकार निशा घिमिरेको निधन ।

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ भदौ १६ गते २१:२७

काठमाण्डौं,१६ भाद्र

मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६:५१ बजे मृत्यु भएको अस्पतालले जनकारी दिएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्- अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन ।


प्रकाशित : २०७८ भदौ १६ गते २१:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology