रामपुरको तिलकपुरमा वडास्तरिय एकल महिला भेला सम्पन्न

रमा भण्डारी
प्रकाशित : २०७८ भदौ १६ गते २१:५६

पाल्पा,१६ भाद्र
रामपुर नगरपालिका वडा न ६ तिलकपुरमा एकल बिधवा महिलाहरुको भेला बसेकोछ । वडा सदस्य एवं भेला आयोजक समिती संयोजक लोकमाया कुमालको अध्यक्षतामा बसेको भेलाले लक्ष्मी ढकालको अध्यक्षतामा ९ सदस्यीय वडा स्तरिय एकल बिधवा महिला सन्जाल गठन गरेको छ । जसको सचिवमा रिमु थापा आले, कोषाध्यक्ष जमुना घिमिरे सदस्यहरुमा सिर्जना चौवे, कबिता भन्डारी, भानी माया घर्ती, पार्वती पोखरेल, सुमित्रा लुइटेल र पिन माया शाही चयन हुनु भयको छ ।भेलामा प्रमुख अतिथी वडाध्यक्ष हुमनाथ न्यौपानेले यस वडा स्तरिय एकल महिला सन्जालले एकल महिलाको समस्या समाधान गर्ने, पिर मर्का बुझेर क्षमता बिकास ,सीप बिकासका कार्यक्रम , लक्षित कार्यक्रम सन्चालन गर्ने बताउनु भएको छ ।भेलाको सञ्चालन वडा सचिव बासु देव ढकालले गर्नु भएको हो ।यस बर्ष लक्षित समूह कार्यक्रम अन्तर्गत उप प्रमुखसंग एकल बिधवा महिला कार्यक्रमका लागि १ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ ।


प्रकाशित : २०७८ भदौ १६ गते २१:५६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology