पाल्पा बाट अक्सिजन प्लान्ट उत्पादन सुरु ।।

Kandara News
प्रकाशित : २०७८ भदौ १७ गते १८:३७

पाल्पा, १७
पाल्पा जिल्लामा आजबाट अक्सिजन प्लान्टको सेवा सुरु भएको छ । तानसेन स्थित पाल्पा अस्पतालबाट अक्सिजन उत्पादन गर्ने प्लान्ट सुरु भएको हो । संघिय सरकारको १ करोड २८ लाख रुयैयामा फेयर टे«ड प्रालिले निर्माण गरेको हो ।
जिल्ला अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेका अनुसार प्रतिदिन ठूलो साइजका ५० सिलिण्डर अक्सिजन भर्न सकिने प्लान्ट सुरु भएको हो । अक्सिजन प्लान्टको अवलोकन गरेका पत्रकारहरु संग कुरा गर्दै अध्यक्ष पाण्डेले जिल्लामा अव अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपर्ने बताउनुभयो । अध्यक्ष पाण्डेले जिल्ला अस्पतालमा रहेको प्लान्टले प्रतिदिन ५० बढी सिलिण्डर अक्सिजन भर्न सकिन्छ, अक्सिजनको अभावका कसैले ज्यान गुमाउनु पर्दैन भन्नुभयो । जिल्लाका सबै स्थानीय तहहरुले संचालन गरेका अस्पताल, जिल्लाका अन्य अस्पताल तथा कोरोना मात्र नभई दम लगायतका विरामीहरुको लागि घरमै लैजान पनि अक्सिजन प्रयाप्त हुने अध्यक्ष पाण्डेको भनाई छ । अध्यक्ष पाण्डेले सिलिण्डर भरेको कति लिने भन्ने सेवा शुल्क नतोकिएको बताउदै केही दिनमै, अत्यान्त न्यून शुल्कको सेवा शुल्क तोकिने पनि जानकारी दिनुभयो ।
कोरोना संक्रमणको दोश्रो भेरियन्टमा अक्सिजन अभावमा छटपटिएका पाल्पालीहरुले कोरोनाको तेस्रो भेरियन्टमा अक्सिजन अभाव नहुने बताइएको छ । अक्सिजन प्लान्ट जडान गर्नुभएका इन्जिनियर देवेन्द्र श्रेष्ठले प्लान्टको क्षमता ४२० लिटर प्रति मिनेट रहेको बताउनुभयो । श्रेष्ठका अनुसार अक्सिजन प्लान्ट वढी क्षमताको भएपनि यसमा प्रयोग भएको बुष्टरले प्रति २० मिनेटमा एक सिलिण्डर भर्न सक्ने जानकारी दिनुभयो । श्रेष्ठका अनुसार एक दिनमा ५० सिलिण्डर भर्न सकिन्छ, बुष्टर ठूलो राखियो भने एकदिनमा १ सय सिलिण्डर भर्न सकिने प्लान्ट हो । पाल्पा अस्पतालको परिसरमा निर्माण गरिएको प्लान्ट ४० किलोवाट क्षमताको रहेको छ ।

स्रोत : विष्णु घिमिरे / पाल्पापाटी


प्रकाशित : २०७८ भदौ १७ गते १८:३७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology