वाममदेव गौतमद्धारा एमाले पार्टी परित्याग

Kandara News
प्रकाशित : २०७८ भदौ १८ गते १९:२१

एमालेका उपाध्यक्ष वामदेव गौतम द्धारा नेकपा एमाले पार्टी परित्याग गरेका छन ।
गौतमले एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएर घर फर्किसकेको जानकारी टमाटाले नेपालखबरलाई दिएका छन्।

एमाले विभाजित भएपछि पनि तटस्थ बसिरहेका गौतमले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर जान पनि बार्गेनिङ गरिरहेका थिए।

अध्यक्ष ओलीसँग मिलेर कुनै हालतमा एमालेमा बस्न नसकिने अडान लिएका उनले पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग संवाद बढाएका थिए।

तर नेपालले मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद स्वीकारेमा मात्रै आफू उक्त पार्टीमा आउने अडान लिएका थिए।

ओलीकै कारण एमालेमा बस्न नसक्ने निचोड निकालेका उनले शुक्रबार मात्रै समाजवादीमा जान शर्त सार्वजनिक गरेका थिए।


प्रकाशित : २०७८ भदौ १८ गते १९:२१

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology