भाद्र १९
पूर्व भुमी सुधार तथा व्यवस्था मन्त्री एवं प्रतिनिधिसभा सांसद दल बहादुर रानाले माधव कुमार नेपालको अध्यक्ष बन्ने पद लोलुपताका कारण एमाले फुटाएको आरोप लगाउनु भयो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) पूर्वखोला गाउँ संगठन कमिटीद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पूर्वमन्त्री रानाले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी वलीले पार्टी मिलाउन दुई अध्यक्षको प्रस्ताव गरेर माधव नेपालका सम्धी तथा सांसद सोम प्रसाद पाण्डेसंग प्रस्ताव पठाएको तर माधव नेपालले पद चाहिन्न भनेपछि विवाद समाधान समितिले दुई अध्यक्षको प्रावधान नराखी १० बुंदे सहमती पत्र तयार गरेपछि समान हैसियत सहितको अध्यक्षको आकंक्षा प्रकट गरेर बखेडा झिकेको साथै एमाले पार्टी फुटाएको बताउनुभयो । पार्टी विभाजन भए पनि केही नेता मात्र नेकपा (एस) मा रहेको र सबै जिल्लाहरुमा एमाले एक ढीक्का रहेको दाबी समेत रानाले गर्नुभयो ।
फरक प्रसंगमा रानाले अझै पनि कम्युनिष्ट एकता आवस्यक रहेको तर निर्णय गर्दा हतारमा नगरी व्यवस्थित तबरले कम्युनिष्ट एकता हुनुपर्नेमा रानाको जोड थियो ।
कार्यक्रमकै अबसरमा लुम्बिनी प्रदेश सांसद तथा नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले केपी ओलीकै सरकारले नेपालको चुच्चे नक्सा ल्याउने देखि लिएर राष्ट्रिय विकास योजना तथा गतिविधिमा थुप्रै सकारात्मक काम गरेको बताउनु भयो । आचार्यले सुर्य चिन्हबाट चुनाव जितेर प्रमुख प्रतिपक्षलाई भोट हालेकोमा खेद प्रकट गर्नुभयो । सांसद आचार्यले पाल्पा जिल्लाको सबै स्थानिय तहका जन प्रतिनिधहरु एमालेमै रहेको समेत बताउनुभयो ।
संविधानसभा सदस्य राधाकृष्ण
कंडेलले प्रचण्डले बिरामी ओलीपछि आफू शक्तिशाली बन्ने उद्देश्य बोकेर एकता गरेको तर दोस्रो पटक मृगौला परिवर्तन पश्चात् आफु शक्तिमा आउन नसक्ने छाँट देखिएपछि नेकपा फुटाउन लागि परेको बताउनुभयो । कंडेलले माधब नेपालले अधिवेशनमा हारेर पनि अध्यक्षको अपेक्षा रखेका कारण उहाँ ले पार्टी फुटाएको आरोप लगाउनुभयो । पार्टी भित्रको अन्तरविरोध भईरहेको अवस्थामा विदेशी चलखेलले ५ बर्ष सरकार स्थिर हुन नसकेको बताउनु भयो ।
पूर्वखोला गाउँपालिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य नुन बहादुर थापाले पार्टीले हामीलाई के दियो भन्दा पनि हामीले पार्टीको लागि के योगदान गर्न सकिन्छ त्यो बुझ्नु पर्ने बताउनु बताउनु भयो ।
कार्यक्रममा जिल्ला कमिटी सल्लाहकार सद्स्य निलकण्ठ न्यौपाने लगायतका वक्ताहरुले एमाले फुट नभएर जुट भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रमा अगुवा कार्यकर्ताहरुले राखेको जिज्ञासाको पार्टीका केन्द्रीय सदस्य , जिल्ला अध्यक्ष लगायतले उत्तर दिनुभएको थियो ।
कार्यक्रम नेकपा एमाले पूर्वखोला गाउँ कमिटी इन्चार्ज इश्वरी प्रसाद न्यौपानेको अध्यक्षतामा पूर्वखोला गाउँपालिका उपाध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य भागरथी भट्टराईको स्वागत मन्तव्य तथा कृष्ण प्रसाद भट्टराई को संचालनमा भएको थियो ।

प्रकाशित : २०७८ भदौ १९ गते २२:२४
Facebook Comment