गणपतिका ५६ जना विध्यार्थीले लगाए कोविड -१९ विरुद्धको खोप

सिमा श्रेष्ठ
प्रकाशित : २०७८ असोज २ गते १८:४५

कक्षा १२मा अध्यानरत परिक्षामा सम्लित १८ बर्ष पूरा भएको विध्यार्थीहरुलाई कोभिड १९ बिरुद्वको पहिलो खोप भेरोसेल लगाउने कार्यक्रम समपन्न भएको छ ।

पूर्बखोला गाउँ पालिका बिरकोटको स्वास्थ्य चौकी भवनमा गणपति माध्यमिक बिधालयमा अध्यानरत बिध्यार्थीहरुलाई कोभिड बिरुद्व खोप भेरोसेल खोप २२ जना छात्र र ३४ जना छात्रा गरि जम्मा ५६ जना बिध्यार्थीहरुले यो खोप लगाएको हो। यो पहलो खोपलगाउको क्रममा कुनै कसैलाई पनि खोपको असर नदेखिएको कुरा पूर्बखोला बिरकोट स्वास्थ्य चौकीको कोभिड १९ बिरुद्वको खोप भेरोसेल लगाई दिने अनमी लक्ष्मी थापाले जानकारी गराउनु भयो । पूर्बखोला गाउँ पालिका बिरकोटको गणपति माध्यमिक बिधालयमा कक्षा १२ मा अध्यानरत जम्मा ७५ जना बिध्यार्थी मध्य १७ जना उमेर नपुगेको र बाकी कारणबस छुटेको तथ्यांक बिरकोट स्वास्थ्य चौकी ईन्चार्ज रतना फालले बताउनु भयो ।


प्रकाशित : २०७८ असोज २ गते १८:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology