कृष्ण प्रसाद पंगेनी ÷सिलुवा, पूर्वखोला, असोज ८
प्रौढ पुरूष भलिबल प्रतियोगिता कार्यक्रम को समुद्घाटन पुर्वखोला गांउ पालिका सिलुवा सम्पन्न भएको छ । मण्डली स्पोट्स क्लव ले आयोजना गरेको प्रौढ ३८बर्ष०वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता कार्यक्रम समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । पुर्वखोला गांउ पालिका अध्यक्ष नुनबहादुर थापाले युवाहरुको खेल हेरिरहेको भएता पनि पुराना खेलाडिहरुको जमघट हुने यो राम्रो अवसर भएको बताउदै आयोज टिमको प्रशंशा गर्न भएको थियो खेल खेल्ने सम्पूर्ण खेलाडीहरुलाई जितको शुभकाना सहित आफ्नो मन्तव्य राख्नु भएको थियो । पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापा , गाउँपालिका उपाध्यक्ष भागरथी भट्टराईले खेलको रेफ्री तथा मण्डली स्पोट्स क्लवका अध्यक्ष लाई भलिवल खेल दिदै खेलको सुरुवात भएको थियो ।
आज भएको पहिलो खेल पूर्वखोला गाँउपालिका वडा नम्बर ३ रिङ्नेरह र पूर्वखोला गांउपालिका वडा नम्बर ४ देवीनगर बिचको खेलमा पूर्वखोला गांउपालिका वडा नम्बर ४ देवीनगर ले सिधा सेटमा जित हात पारेको छ । दोस्रो खेल निस्दी गांउपालिका वडा नम्बर ५ ढुंगानाबेसी र पूर्वखोला गांउपालिका वडा नम्बर २ जल्पा बिचको खेलमा निस्दी गांउपालिका वडा नम्बर ५ ढुङ्गानाबेसी ले फाईनलमा जित हात पारेको छ । आजै भएको तेस्रो खेल रामपुर नगर पालिका वडा नम्बर १० र मण्डली स्पोटर्स क्लव वी बिचको खेलमा रामपुर नगर पालिका वडा नम्बर १० ले जित हात पारेको छ । प्रतियोगिता मा १३ समुहको सहभागि रहेको छ ।बाँकी खेलहरु भोलि बिहान ८ बजे देखि खेल सन्चालन हुने आयोजक ले जानकारी गराएको छ । कार्यक्रम मण्डली स्पोटर्स क्लव का अध्यक्ष अन्त प्रसाद श्रेष्ठ को अध्यक्षतामा कल्व का उपाध्यक्ष नुनबहादुर खासु को स्वागत मन्तव्य तथा कल्वका सचिव कृष्ण प्रसाद पंगेनी को संचालन मा सम्पन्न भएको हो । पूर्वखोला गाउँपालिका अध्यक्ष, उपाध्यक्ष , सिलुवा का. अध्यक्ष गिर मान आले ,कृषि तथा पशु उद्यनशिलता विकास योजना समाज उत्थान केन्द्रका संयोजक कमान सिं थापा लगायतले खेलको अवलोकन गर्नु भएको थियो ।
प्रकाशित : २०७८ असोज ८ गते २०:५२
Facebook Comment