टिम नेपो पाल्पाले लिपिन्देबी मन्दिरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

माधव पाण्डे/कपिल देवकोटा
प्रकाशित : २०७८ असोज ९ गते १९:१४

असोज ९,तानसेन

पाल्पा- जिल्लाको सामाजिक कार्यक्रम सकृय सस्था टिम नेपो पाल्पाले तानसेन ११ बन्दिपोखरा लिपिन्देबी मन्दिरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सस्थाले मन्दिरमा आउने भक्तजनहरूलाई स्वास्थ्य खानेपानी लागि फिल्टर,फोहोर जम्मा गर्नका लागि डस्विन,माक्र्स तथा मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । पर्यटकिय सम्भावना बोकेको लिपिन्देबी मन्दिर परिसरमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रम प्रमुख अतिथि सस्थाका प्रमुख सल्लाहकार दिपक पाण्डेले सामाजिक कार्य गर्नका लागि स्थापित सस्थाले मन्दिरका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको खुशी व्यक्त गर्नु भयो । टिम नेपोले समाजमा कम अवसर पाएका व्यक्ति तथा समुदायका नागरिकहरूलाई सेवा गर्न स्थापित भएको सस्था रहेको बताउदै आगामी दिनमा समाज परिवर्तनका कार्यहरूमा आफ्नो सेवालाई निरन्तर दिन आर्गह गर्दै सस्थालाई गर्नु पर्ने सहयोग निरन्तर रूपमा गर्ने बताउनुभयो ।
कार्यक्रम विशिष्ट अतिथि टिम नेपो रूपन्देहीका जिल्ला संयोजक सुमन पोखरेलले भर्खरै पाल्पा स्थापित सस्थाले सामाजिक कार्यमा अग्रता देखाएको खुशी व्यक्त गर्नुभयो । सामाजिक कार्य गर्नका लागि टिम नेपो देश भरका झण्डै ४० भन्दा धेरै जिल्लाहरूमा शाखा विस्तार गरि सामाजिक कार्यलाई प्राथमिकता साथ कार्यहरू सञ्चालन गरेको बताउदै आगामी दिनमा सामाजिक कार्यलाई निरन्तर दिन आर्गह गर्नुभयो ।


कार्यक्रम विशिष्ट अतिथि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर खातीले सस्था मन्दिर जस्तो पवित्र स्थल छनोट गरि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको धन्यवाद दिदै पर्यटकिय सम्भावना बोकेको लिपिन्देबी मन्दिर प्रचार प्रसारको अभावले ओझेमा परेको बताउनुभयो । मन्दिर वरपर बर्षातको समयमा पहिरोको कारणले मन्दिर सम्म पुग्ने बाटो बन्द भए सँगै मन्दिर परिसर सम्म पुग्नका लागि समस्या रहेको बताउनुभयो । विशेष गरि दशैको पुर्णिमाको दिन सराय नचाउने गरिने उक्त मन्दिरमा दैनिक रूपमा पुजाआरधना हुने अध्यक्ष खाती बताउनुभयो ।

कार्यक्रममा सस्थाका जिल्ला संयोजक सन्तोष गहतराजले टिम नेपोले जिल्लाले मन्दिर जस्तो पवित्र स्थानमा भक्तजनहरूको सुविधाको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताउनुभयो । जिल्लाको सामाजिक कार्यमा आफ्ना गतिविधि अगाडि बढाइ समाजमा कम अवसर पाएका व्यक्तिहरूको सेवा गर्ने गरि आगामी दिनका कार्यक्रमलाई अझ सशक्त रूपमा अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य सस्थाकी उपाध्यक्ष निशा मरासिनी र कार्यक्रम सञ्चालन सस्थाका सचिव सुशील बस्यालले गर्नुभएको थियो ।


प्रकाशित : २०७८ असोज ९ गते १९:१४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology