कांग्रेस रामपुरको नेतृत्वमा पुन: भट्टराई

रमा भण्डारी
प्रकाशित : २०७८ असोज १० गते ११:४७

रामपुर पाल्पा असोज १०
नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको सभापतिमा पुन: नेेेेत्र प्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनले मतदान बाट भट्टराईलाई आगामी कार्यकालको लागि चयन हुनु भएको छ ।
सभापति संगै उपसभापति, सचिव र सहसचिव छनौट मतदान प्रक्रिया बाट भएको थियो । सभापतिमा भट्टराई संगै अर्जुन प्रसाद रेग्मीले पनि उम्मेद्वारी दिनु भएको थियो । कुल २ सय ८ मत खसेकोमा भट्टराईले १ सय २५ र रेग्मीले ८२ मत प्राप्त गर्नु भएको थियो ।नगर उपसभापतिमा देव बहादुर थापा मश्राङ्गी र ज्ञान प्रसाद भण्डारी निर्वाचित हुनु भएको छ । थापा मश्राङ्गीले १ सय ४५ मत, ज्ञान प्रसाद भण्डारीले १सय ३० मत प्राप्त गर्नु भएको थियो । उपसभापति पदका प्रतिस्पर्धी सरस्वती डोटेलले ६९ र हरि प्रसाद न्यौपाने ५२ मत प्राप्त गर्नु भएको थियो ।
सचिव पदका लागि ४ जनाको उम्मेद्वारी रहेकोमा चिरञ्जीवी सिग्देल १ सय ४१ मत र ओम प्रकाश बस्याल १ सय २६ मतका साथ निर्वाचित हुनु भएको छ । प्रतिस्पर्धी विष्णु प्रसाद बस्यालले ८४ र नरनारायण अर्यालले ४० मत प्राप्त गर्नु भएको थियो । सहसचिवमा आवास भट्टराई र राजन सुनार चयन हुनु भएको छ । सहसचिवमा निर्वाचित भट्टराईले ९६, सुनारले ९१ मत प्राप्त गर्नु भएको थियो भने प्रतिस्पर्धी देव बहादुर दर्जीले ७५, रहिम मुल्ला मियाँले ३७ र पार्वती परियारले ८४ मत प्राप्त गर्नु भएको मतदान अधिकृत मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।त्यस्तै अन्य सदस्य पदमा भने निर्विरोध चयन भएको छ ।


प्रकाशित : २०७८ असोज १० गते ११:४७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology