पूर्वखोला, जल्पा / असोज १६
पूर्वखोला २ जल्पामा रहेको शुभ सन्देश महिला कृषि सहकारी संस्थाको ५ औँ साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चन्द्री सरा रखालले बार्षिक कार्यक्रमको प्रगति प्रतिवेदन सुनाउँदै हेफर इन्टरनेसनलको सहयोगमा स्थापना भएको यस संस्थाले महिलाहरुलाई कृषि उद्यम मार्फत आर्थिक उपार्जनमा सहयोग गरेको बताउँनु भयो । यस आर्थिक वर्षमा यस सहकारी मार्फत, ३६८ वटा खसी बोका बिक्री गर्दा ३४ लाख ९५ हजार,९ सय ४० को व्यापर गरेको बताउनु भयो । त्यस्तै तरकारी बिक्रीबाट ५ लाख ९५ हजार, ६६ हजार आम्दानी प्रत्यक्ष कृषकमा लाभम्बित भएको बताउनु भयो। त्यस्तै गरी संस्थाका कोषध्यक्ष तुल्सा बस्यालले १ करोड ६ लाख ९२ हजार ६८ रूपियाँ बराबरका आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो। ३२७ जना महिला र बालबालिका सहभागी रहेको यस संस्थामा ५५ लाख २९ हजार,१८० नगत मौज्दात रहेको यस वर्ष १ लाख १४ हजार १ सय दुई रुपैयाँ शुद्ध नाफा रहेको बताउनु भयो।
यस संस्थालाई प्रदेश सरकार कृषि आधुनिकीकरण परियोजना इकाई मार्फत २०० वटा चक्ला बन्दी प्लास्टिक टनेल सहयोग र खसी बोका बिक्री गरे बापत प्रति के जी रु २५ का दरले अनुदान सहयोग प्राप्त भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि वडा सदस्य भिमी सरा आलेले बचतको महत्व बुझ्नु जरुरी रहेको बताउदै यस सहकारीले कृषक सँग सहकार्य गर्दै जाने बताउनु भयो । सल्लकार वेद प्रसाद बस्याल,भीम जर्घा, मिना कवर, लीला देवकोटा लगायतले संस्थालाई शुभकामना दिनु भयो। अधिवेशनले चान्द्री सरा रखालको अध्यक्षतामा १३ जना समिति चयन गरेको छ । जस्को उपाध्यक्षमा लीला सारु, सचिवमा टुकी सारु, कोष अध्यक्षमा तुल्सा बस्याल चयन हुनु भएको छ,त्यस्तै तुल्सा बारघरेको अध्यक्षतामा ३ जना लेखा समिति चयन गरिएको छ।
प्रकाशित : २०७८ असोज १६ गते २२:०३
Facebook Comment