नेविसंघ पाल्पाले प्रथम बर्षमा अध्यन गर्न आउने विद्यार्थीलाई स्वागत गर्यो ।

कपिल देवकोटा
प्रकाशित : २०७८ असोज १९ गते १४:०७

कपिल देवकोटा असाेज १९ पाल्पा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्याम्पस इकाई समितिले नवअागन्तुक विद्यार्थीलाई स्वागत गरेको छ। स्नातक प्रथम वर्षमा अध्ययनका लागि क्याम्पसमा अाएका विद्यार्थीलाई टीका लगाइ एक एक अाेटा पेन वितरण गरि स्वागत गरिएको हाे । सन्तोष गहतराजले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस पाल्पाका सभापति वीर बहादुर रानाले उच्च शिक्षा अध्ययनका लागि क्याम्पसमा अाउने सम्पूर्ण विद्यार्थीहरूले मिहिनेत र लगनशीलताका साथ अध्ययन गरि अाफ्नाे भविष्य संगसंगै देशको भविष्यकाे बारेमा नि साेच्नु पर्ने कुरामा जाेड दिनु भयाे । कार्यक्रमकामा नेपाली काङ्ग्रेस पाल्पाका सचिव अजयमान कर्माचार्यले यस क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले हरेक क्षेत्रमा सफलता पाइरहेको कुरा राख्दै अहिलेका विद्यार्थी पनि त्यसरी नै सफल हुन आग्रह गर्नु भयो । कार्यक्रमका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले सबै विद्यार्थीलाई स्वागत गर्द‌े क्याम्पस बाट पाउने हरेक सेवा सुविधा बाट काेहि विद्यार्थी पनि वञ्चित हुनु नपर्ने र केही समस्या परे क्याम्पस प्रशासनमा सम्पर्क गर्न आग्रह गर्नु भयो । सहायक क्याम्पस प्रमुख कृष्णबहादुर कार्की ले सबै विद्यार्थी अनुशासित भइ अध्ययन गर्न आग्रह गर्नुभयो । सबै नवअागन्तुक विद्यार्थीकाे तर्फबाट राजेश तिमिल्सिनाले अाफ्नाे भनाइ राख्नुभएको थियोे । सुशील वस्यालले सन्चालन गरेकाे कार्यक्रम नेविसंघ क्याम्पस इकाईका कार्यवाहक सभापति सुवास गैरेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियोे ।


प्रकाशित : २०७८ असोज १९ गते १४:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology