मुगुमा यात्रुवाहक बस दुर्घटना २२ को मृत्यु

Kandara News
प्रकाशित : २०७८ असोज २६ गते १५:०२

मुगु — मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका छन्। नेपालगन्जबाट मुगुको सदरमुकामा गमगढी जाँदै गरेको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।
प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । साथै घटनाबारे थप विवरण आइसकेको छैन ।


प्रकाशित : २०७८ असोज २६ गते १५:०२

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology