भुपु विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कडेंलले गरे रामतुलसी विद्यालयमा अक्षयकोषको स्थापना ।।

रमा भण्डारी
प्रकाशित : २०७८ कार्तिक १ गते ९:४९

भुपु विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कडेंलले गरे रामतुलसी विद्यालयमा अक्षयकोषको स्थापना ।।
कर्तिक १ रामपुर पाल्पा रमा भण्डारी

विजयादशमीको अबसरमा विद्यालयमा भएको भुपु विद्यार्थी पुर्नमिलन कार्यक्रमको अबसरमा उहाँले ‘‘सलोनी संकल्प स्नेह अक्षयकोष’’ स्थापना गर्नुभएको हो ।
रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरका भुपु विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा रामतुलसी नमुना माध्यामिक विद्यालयमा स्नेह अक्षयकोष स्थापना गर्नुभएको छ ।
कार्यक्रममा शालिकराम कडेंल उहाँका बुवा तारानाथ, श्रीमती कल्पना, छोरी सलोनी र छोरा संकल्प लगायतले संयुक्त रुपमा विद्यालयका प्रध्यानध्यापक तथा मञ्चका सल्लाहकार बालकृष्ण लम्साल, रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्य, विद्यालयका सदस्य हिमाल मल्ल, शिक्षासेवी देबराज ढकाललाई विद्यालयमा छुट्टै कोष रहने गरि ५१ हजार ६ सय ७० रुपँयाको ‘स्नेह छात्रवृत्ति अक्षयकोष’ को लागि चेक हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयमा आयोजित विजयादशमी दिपावली, नेपाल संवत् र छठपर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले रामतुलसी माबिको गर्विलो इतिहास र यहाँको पढाईको जगले विभिन्न नेतृत्वमा पुग्नेहरुले विद्यालयको लागि राम्रा काम र आ आफ्नो ठाउबाट सहयोग गर्नै अनुरोध गर्नु भयो उहाँले विद्यालयले फड्को मारेको भन्दै नगर पालिकाले शिक्षा क्षेत्रमा सदा नजिकबाट सहयोग गर्दै आएको बताउनुभयो ।
शिक्षासेवी देबराज ढकाल ,बिद्यालय व्यवस्थापन समिति सदस्य तथा वडाध्यक्ष हिमाल मल्लले यस बिद्यालयका बिद्यार्थी मन्त्री समेत भइसकेको अबस्थामा रामतुलसी सँग अहिलेको पाका पुस्तादेखि बालबच्चा सबै जोडिएको बताउनुभयो ।
भुपु विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा भुपु विद्यार्थी मञ्चका सल्लाहकार बालकृष्ण लम्सालले रामतुलसी माबिमा जिल्लाकै सबैभन्दा धेरै हाह २२ सय विद्यार्थी रहेको जानकारी दिदै ३ तहबाट अगाडी बढाईएको विद्यालयमा यसै शैक्षिक सत्रदेखि पुर्व बालविकास ९मन्टेश्वरी कक्षा० चलाइएको जानकारी दिनुभयो ।
रामपुर नगरको मुटुमा रहेको यस विद्यालयमा शिक्षा, बिज्ञान, व्यवस्थापन, मानविकी संकायमा पढाई भैरहेको र ३ बर्षे कृषि बालीविज्ञान समेत चलिरहेको बताउदै अब बिद्यार्थी आकर्षण भन्दा गुणस्तर र टिकाउमा जोड दिने बताउनुभयो ।
प्रध्यानाध्यापक लम्सालले हाल विद्यालयमा विभिन्न व्यक्तिबाट २० लाखको हाराहारीमा २८ वटा अक्षयकोष स्थापना भएको जानकारी दिदै सबैलाई धन्यवाद दिनुभयो ।
कँडेलले यसभन्दा अघि पनि रामतुलसी माविमा आफ्ना पिता तारानाथ र माता तिलमाया कँडेलका नाममा ५१ हजार ४ सय ७० रकम बराबरको ‘‘तारानाथ तिलमाया सम्मान छात्रवृत्ति अक्षयकोष’’ स्थापना गरिसक्नुभएको छ । उहाँले रामपुरको अर्का विद्यालय दरैठाँटी माविमा पनि मातापिताका नाममा ५१ हजार ६ सय ६ रुपँयाको ‘‘तिलमायाँ तारानाथ सम्मान छात्रवृत्ति अक्षयकोष’’ स्थापना गरिसक्नुभएको छ । आफूले जीवनमा केही कमाएको रकम आत्मसन्तुष्टिका शिक्षा क्षेत्रमा सेवा भागले सहयोग गरेको बताउदै केही विद्यार्थीको पढ्ने चाहनामा हौसला थप्न अक्षयकोष खडा गरेको कडेंलले बताउनुभयो ।
विद्यालयमा भएको विद्यार्थी पुर्नमिलन कार्यक्रममा सदस्य महेश पौडेलको स्वागत र सचिव बिष्णु रेग्मीको सञ्चालनमा कार्यक्रम चलेको हो ।


प्रकाशित : २०७८ कार्तिक १ गते ९:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology