जनकपुरमा सीके राउतको ‘जनकारवाही’ : हाकिम सा’पको नाङ्गै शरीरमा हिलो फालेर बजार परिक्रमा

Kandara News
प्रकाशित : २०७८ कार्तिक ४ गते १८:०४

 

सीके राउत नेतृत्वको जनमत पार्टीले ‘जनकारवाही’को नाममा खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहमाथि दुर्व्यवहार गरेको छ ।

भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर नाङ्गै पारी शरीरमा हिलो फालेर नगर परिक्रमा गरेको छ ।

भ्रष्टाचारको विरोधमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा प्रदर्शन समेत गरिएको जनमत पार्टीका नेता ईन्द्रजित यादवले जानकारी दिए ।

पार्टीले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध समेत नाराबाजी गरेको छ ।


प्रकाशित : २०७८ कार्तिक ४ गते १८:०४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology