नेकपा एमाले सिलुवाको अधिबेशन सम्पन्न
कार्तिक ५
पूर्बखोला१ सिलुवामा नेकपा एमाले वडा कमिटिको प्रथम अधिबेशन सम्पन्न भएको छ।।
राजु परियारको अध्यक्षतामा भएको कार्यक्रम कृष्ण पंगेनिको स्वागत मन्तव्य र रबिन्द्र पंगेनिको सन्चालनमा सम्पन्न भएको हो । अधिबेशन बाट अध्यक्षमा खेम हिस्की,उपाध्यक्ष समुन्द्रा भारती, सचिब रबिन्द्र पंगेनी, उपसचिव दल बहादुर राना र भानुभक्त आले सहित १७ सदस्यीय वडा कमिटी निर्बाचित भएको छ। कार्यक्रमका प्रमुख अतिथी जिल्ला सचिबाल्य सद्स्य एवम जिल्ला सम्वनवयन समितिका सद्स्य ईश्वरी प्रसाद न्यौपानेले निर्वाचित कमिटीले जनताका भावना बुझेर सकारात्मक राजनीती क्रियाकलाप मार्फत समाज परिवर्तनमा भुमिका खेल्नु पर्ने बताउनु भयो । नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य देबि प्रसाद पंगेनिले नेकपा एमालेको राजनीतिक इतिहास बताउदै जनताको चाहाना अनुसार काम गर्ने एकमात्र पार्टी एमाले रहेको बताउनु भयो । कार्यक्रमको समापन गर्दै राजु परियारले अघिल्लो कमिटीले गरेका कामहरु सहितको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।।

प्रकाशित : २०७८ कार्तिक ५ गते २३:४०
Facebook Comment