टि -२० विश्वकपमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाको खेल सुरु हुँदै ।

Kandara News
प्रकाशित : २०७८ कार्तिक ६ गते १६:०२

काठमाडौंः आईसीसी टी–२० विश्वकपको सुपर–१२ चरणका खेलहरू शनिबारबाट सुरु हुँदैछन्। समूह ‘ए’ मा पहिलो खेल अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच हुनेछ।

यी दुई देशबीचको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि आबुधाबीमा सुरु हुनेछ।
दुवै टोली जितसहित प्रतियोगताको सुरुवात गर्न चाहन्छन्।

अष्ट्रेलिया र दक्षिण अफ्रिकाले हालसम्म टी–२० विश्वकपको उपाधि जित्न सकेका छैनन्। विश्वकपमा आफ्नो पहिलो म्याच खेल्नुअघि अष्टेलियाले अभ्यास खेलमा न्यूजिल्याण्डलाई पराजित गरेको थियो।

दोस्रो खेलमा भने अष्टेलिया भारतीय टिमसँग हारेको थियो। अष्टेलिया र दक्षिण अफ्रिकाबीचको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।

ब्याटिङ शीर्ष क्रममा डेभिड वार्नरको फर्म अष्ट्रेलिया टिमका लागि चिन्ताको बिषय बनेको छ। वार्नर लामो समयदेखि फर्ममा छैनन्। अष्ट्रेलिया ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल माश र कप्तान आरोन फिन्चको ब्याटिमा निर्भर रहनेछ।
क्विन्टन डी ककको फर्म दक्षिण अफ्रिकाका लागि धेरै राम्रो छैन। तर, टेम्बा बावुमा र रायसी भान डेर डुसेनले राम्रो फर्म देखाएका छन्। दक्षिण अफ्रिकाको बलिङ पनि बलियो देखिन्छ। दक्षिण अफ्रिकाले अन्तिम अभ्यास खेलमा पाकिस्तानलाई हराएको थियो।

पछिल्लो पाँच टी–२० म्याचको नतिजा हेर्ने हो भने दक्षिण अफ्रिकाविरुद्ध अष्टेलिया बलियो देखिन्छ। अष्टेलियाले तीन खेल र दक्षिण अफ्रिकाले दुई म्याच जितेको छ।


प्रकाशित : २०७८ कार्तिक ६ गते १६:०२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology