सामाजिक संथा नेपोले रिब्दीकोटमा विद्यार्थी हरुलाई सेनिटरी प्याड वितरण गर्यो ।

Kandara News
प्रकाशित : २०७८ कार्तिक १२ गते १९:२६

कपिल देवकोटा कार्तिक १२ पाल्पा सामाजिक कार्यमा सकृय संस्था टिम नेपाे जिल्ला कार्यसमिति पाल्पाले रिब्दिकाेट गाउपालिका १ ख्याहा स्थित शारदा माध्यमिक विद्यालयकाे कक्षा ८ ९ र १० मा अध्ययनरत ६० जना छात्राहरू लाई सेनिटरी प्याड वितरण गरेको छ। कार्यक्रममा संस्थाका सदस्य कपिल देवकोटाले स्वागत मन्तब्य राख्नुभएको थियाे । कार्यक्रमका प्रमुख अतिथि रिब्दिकाेट गाउपालिका अध्यक्ष नारायण बहादुर जि सि ले सबै छात्राहरू लाई अाफ्नाे स्वास्थ्यमा विशेष ख्याल गर्न र रजस्वला भएकाे बेलामा सरसफाइ का साथ साथै पाेसिलाे र प्राैष्टिक अाहारमा पनि विशेष ख्याल गर्न अनुरोध गर्दै टिप नेपाे पाल्पाले गरेकाे कार्यकाे प्रसंसा गर्नुभयाे । कार्यक्रममा रिब्दिकाेट गाउपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले प्रजनन् स्वास्थ्यकाे बारेमा सहजिकरण गर्नुभएको थियाे। विद्यालयका सहायक प्रधानाध्यापक ऋिषि बहादुर रानाले शारदा मा वि छनाेट गरि स्वास्थ्य समाग्री सहयाेग गरेकामा टिम नेपाे पाल्पालाइ धन्यवाद दिनुभयो , यसै गरि ख्याहाकि वडा सदस्य गिता काैशल, टिम नेपाे पाल्पाका प्रमुख सल्लाहकार दिपक पाण्डे ले अाफ्नाे भनाइ राख्नुभएको थियाे । संस्थाका सचिव सुशील वस्यालले सञ्चालन गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष गहतराजकाे अध्यक्षतामा सम्पन्न भएको थियाे ।


प्रकाशित : २०७८ कार्तिक १२ गते १९:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology