भुपु अंग्रेजि सेकेन्डरी स्कुलका विद्यार्थीहरु रेडियो रामपुरको अवलोकनमा ।।

रमा भण्डारी
प्रकाशित : २०७८ कार्तिक १६ गते १७:२६

भुपु अंग्रेजि सेकेन्डरी स्कुलका विद्यार्थीहरु रेडियो रामपुरको अवलोकनमा ।।

कार्तिक १६ रमा भण्डारी रामपुर पाल्पा
भुपुशैनिक राइजिङ अग्रेजी स्कुल रामपुर ५ पाल्पाको एक टोलीले सामुदायिक रेडियो रामपुरको अवलोकन तथा निरिक्षण गरेको छ । विद्यालयको कक्षा ६ र ७ मा अध्यानरत १ सय १७ जना विद्याथि र ४ जना शिक्षक गरी १ सय २१ जनाको टोलीले सामुदायिक रेडियो रामपुर १ सय ३ दशमलव ६ मेघाहर्जको अवलोकन निरिक्षण गरेको हो ।
टोलीमा सहभागि शिक्षक विद्याथिले राखेको रेडियोको प्रशारण शैलि र प्रविधिका विषयमा राखेको जिज्ञाशा रेडियोका स्टेशन प्रवन्धक छवि खनालले जानकारी गराउनु भएको हो । टोलीमा सहभागि विद्याथिहरुले रेडियोको महत्व ,आवश्यक्ता र प्रशारण शैलिका बारेमा बढि जिज्ञासा राखेका थिए । भ्रमणमा निस्केको टोलीले सामुदायिक रेडियो रामपुर ,रामपुर अस्पताल, तालपोखराको अवलोकन गरेको शिक्षिका बुद्धि थापाले जानकारी गराउनु भयो ।
विद्यालयले हरेक वर्ष अवलोकन भ्रमण गराउदै आए पनि कक्षा ६र ७ का विद्याथि भने पहिलो चोटि रेडियोको अवलोकन गरेको भन्दै खुशि भएका थिए । हरेक वर्ष यस समयमा रेडियो अवलोकन गर्ने आउने हरुको लहर नै लाग्ने गर्दछ । भुपु राइजिङ अग्रेजि सेकेन्डरी स्कुलले आफ्नै सुविधा सम्पन्न भवनमा कक्षा १२ सम्म कक्षा संचालन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हनेरी क्यापटेन देवबहादुर थापा मस्राङगीले बताउनु भएको छ ।


प्रकाशित : २०७८ कार्तिक १६ गते १७:२६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology