सामुदायिक रेडियो रामपुरले १३औ बाषिक उत्सव मनायो ।

रमा भण्डारी
प्रकाशित : २०७८ कार्तिक २६ गते १९:०५

सामुदायिक रेडियो रामपुरले १३औ बाषिक उत्सव मनायो
कर्तिक २६ , पाल्पा

सामुदायिक रेडियो रामपुर पाल्पाले आज स्थापनाको १३औ बाषिक उत्सव कार्यक्रम मनाएको छ । कालिगण्डकी सामुदायिक विकास केन्द्र द्धारा संचालित सामुदायिक रेडियो रामपुर १०३ दशमलव ६ मेघाहर्जले आज बाट विभिन्न आरोह अवरोहको १३ वर्ष पुरा गरी १४ वर्ष मा प्रवेश गरेको छ । सामुदायिक रेडियो रामपुर पाल्पाका संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराइको अध्यक्षतामाभएको बाषिक उत्सव कार्यक्रमका मुख्य पाहुना क्षेत्र नम्वर १ प्रदेश क का प्रदेश साम्सद युवराज खनाल रहनु भएको हो ।
बाषिक उत्सव कार्यक्रममा मुख्य पाहुना प्रदेश साम्सद खनालले बोल्दै समुदायको मुठिदान बाट संचालन भएको रेडियोले कुना कन्दरामा रहेका आवाज विहिन हरुको आवाज बन्नु पर्छ भन्दै रेडियोले कसै प्रति पनिआग्रह पुर्वाग्रह नगरी सत्य तथ्य कुरालाइ प्रसारण गरी जनतालाइ आफ्नो रेडियो हो भन्ने बनाउन पर्छ भन्नु भएको छ ।
कार्यक्रममा वहाले विकास निर्माणका कुराहरुलाइ समेत जोड्दै समाज रुपान्त्रणमा रेडियोको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । कार्यक्रममा साम्सद खनालले एक फरक प्रशगमा बोल्दै सरकार परिवर्तन सगै विभिन्न प्रदेशको योजना हरु काटिएकोमा समस्या सृजना भएको र प्रदेशमा रेडियोको लागि बजेट विनियोजन भए पनि रेडियो रामपुरको लागि नभएको भन्दै अव माग गर्नेजान समितिलाइ अनुरोध गदै आफु पनि सगै जाने बताउनु भयो ।
कार्यक्रममा रेडियो संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराइले २०६३ सालमा स्थापना भएको रेडियोले २०६५साल कार्तिक २६ गते प्ररिक्षण प्रसारण शुरु गरी समाचार , विभिन्न चेतना मुलक कार्यक्रम ,सुचना ,विज्ञापन, सामाजिक सन्देश प्रसारण गदै अहिले साढे १७ घण्टा रेडियो प्रसारण हुदै आएको छ ।सुचनाको अति सजिलो र महत्वपुर्ण मिडियाको रुपमा रेडियोले जनतालाइ सुसुचित गदै आज १३ वर्ष पुरा गरेको बताउनु भयो । वहाले रेडियोको ९ सय भन्दा बढि आजिवन र विशिष्ट आजिवन सदस्य रहेको पनि बताउनु भयो । अध्यक्ष भट्टराइले रेडियोको स्थापना काल देखि अहिले सम्मका गतिविधि र भावि योजनाका विषयमा प्रतिबेदन पढेर सुनाउनु भएको हो ।
रेडियो संचालक समितिका उपाध्यक्ष रामप्रसाद खत्रिको स्वागतबाट शुरु भएको बाषिक उत्सव कार्यक्रममा नेकपा एमाले नगर उपाध्यक्ष तोयानाथ सारु,नेकपा माओबादि केन्द्रका अध्यक्ष यम बहादुर सुनार ,नेकपा एकिकृत समाजबादिका केन्द्रिय सल्लाहकार लेखनाथ पोखरेल ,राष्टिय जनमोचाका नगर अध्यक्ष पधम बहादुर पौड्याल ,राष्टिय प्रजातन्त्र पाटि रामपुरका सभापति बृहषपति अर्याल ,लगायतले बोल्दै काम र कतत्र्यको बोध हुनु पर्छ भन्दै समाज परिवर्तनमा रेडियोसमाजको ऐना हो त्यसैले रेडियोको महत्वपुर्ण भुमिका रहेकाले संस्था प्रति उतरदायिक भएर काम गर्नु पर्छ भन्नु भयो ।
कर्यक्रममा रेडियो संचालक समितिका कोषाध्यक्ष छाया चन्द्र पंगेनिले बोल्दै रेडियोमा अहिले १० जना पुर्णकालिन कर्मचारी अन्य ७ जना आम्सीक कर्मचारीर प्रतिनिधिहरु हाल रेडियोमा जम्मा ३५ जना ले काम गदै आएको बताउनु भयो । विभिन्न पालिकाहरुमा रडियो प्रतिनिधिहरु पनि कार्यरत भएको बताउदै रेडियोको करीव ४० लाख को आर्थिक प्रतिबेदन पढेर सुनाउनु भएको छ ।
कर्यक्रममा समाजसेवि दर्गादेवि पोखरेल , कालिगण्डकी सामुदायिक विकास केन्द्रका उपाध्यक्ष एकराज अर्याल ,पत्रकार महासघ पाल्पाका सदस्य दुर्गेश मल्ल ,पुर्व स्टेशन मेनेजर शुकदेव पोखरेल ,रामपुर सरकारी का उपाध्यक्ष नगिलाल पौड्याल ,रामतुलसी मावि का व्यावस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौड्याल ,रामपुर उद्योग बाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकास ढकाल लगायतले सुझाव सहितको आफ्ना भनाइ राख्नु भएको हो । कार्यक्रममा स्टेशन मेनेजर छवि खनालले कार्यक्रमको संचालन गर्नु भएको हो ।


प्रकाशित : २०७८ कार्तिक २६ गते १९:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology