मण्डली स्पोर्ट्सको उपाधि कालीगण्डकीलाई

Kandara News
प्रकाशित : २०७८ कार्तिक २७ गते १६:१६

होम राई मगर
पाल्पा / २७ कार्तिक २०७८ । मण्डली स्पोर्ट्सको उपाधि कालीगण्डकी गाउँपालिका स्याङ्जाले हात पारेको छ ।
मण्डली स्पोर्ट्स क्लब पूर्बखोला-१,सिलुवाको आयोजना र पूर्बखोला गाउँपालिकाको सहआयोजनामा खेल सन्चालन भएको हो । जम्मा १२ पालिकाको सहभागिता रहेको खेलमा बिजेता कालीगण्डकीले नगद ७५ हजार सहित कप,मेडल र प्रमाणपत्र एक कार्यक्रमका बिच संघीय संसद दल बहादुर रानाले वितरण गर्नुभयो । निकै प्रतिस्पर्धात्मक खेलमा निस्दी गाउँपालिका पाल्पाले उपबिजेतामा चित्त बुझायो । खेलमा कालीगण्डकी गाउँपालिकाले निस्दी गाउँपालिकालाई २१-२५,२५-२३,२५-१९ र २५-११ को अन्तरले हात पारेको हो । त्यसैगरी चापाकोट नगरपालिका स्याङ्जाले रम्भा गाउँपालिका पाल्पालाई हराउँदै तेस्रो स्थान भएको छ भने रम्भा गाउँपालिकाले सान्त्वना स्थान हासिल गरेको छ । पुरस्कृत समूह द्वितीय हुनेले ५० हजार,तृतीय हुनेले २५ हजार र सान्त्वना समूहले १० हजार नगद र कप,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यसैगरी कालीगण्डकीका हरि पाण्डेले उत्कृष्ट खेलाडी,निस्दीका विजय परियार उत्कृष्ट स्पाइकर र निस्दीकै हिमाल सुनारीले उत्कृष्ट ब्लकरको उपाधि हात पारेका छन् । पुरस्कार वितरण कार्यक्रममा प्रथम पुरस्कार उपलब्ध गराउनु हुने समाजसेवी राजु प्रसाद श्रेष्ठ,पूर्वखोला गाउँपालिकाका अध्यक्ष नून बहादुर थापा लगायतकाले कार्यक्रमको बारेमा बोल्नुभएको थियो ।
क्लबका अध्यक्ष अनन्त प्रसाद श्रेष्ठको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन सचीव कृष्ण पंगेनीले गर्नुभएको हो ।


प्रकाशित : २०७८ कार्तिक २७ गते १६:१६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology