कार्डस कर्पोरेसन का अध्यक्ष कार्कीको बिदाइ कार्यक्रम कतार मा सम्पन्न । ।

विकाश गैरे
प्रकाशित : २०७८ मंसिर ४ गते २२:०९

मंसिर ४ , कतार

कार्डस कर्पोरेसन का अध्यक्ष मोहन बहादुर कार्की लामो समयको कतार बसाइलाई बिट मार्दै अन्तत नेपाल फर्कनुहुने भएकोछ ।। अति सालिन र मिलनसार व्याक्तित्व को रुपमा परिचित कार्की कार्डस कै निम्ति नेपाल जान लाग्नुभएको हो ।।
बिदाइ कार्यक्रम मा बोल्दै कार्की ले भन्नूभयो,विभिन्न व्याक्तिहरु को सुझाव लाई आत्मासात गर्दै कर्पोरेसन को अस्त-बेस्तता लाई सहि ब्यबस्थापन गर्न र अर्गनाइजेसन लाई छिट्टै नाफा तर्फ लैजान को लागि तैयारी का साथ आफू नेपाल जान लगेको कार्की ले बताउनु बयो । उहाले भन्नुभयो,म नेपाल गएको केही महिना भित्रै सकारात्मक परिणाम दिने पनि प्रतिबद्धता ब्याक्त गर्दछु । कार्यक्रम को प्रमुख अतिथि समेत रहनुभएका कार्की ले जानिनजानी काहिकतै भुलचुक मा गल्तिले कसैलाइ ठेस पुर्‍यामा माफी चाहान्छु भन्दै एकैछिन उपस्थित सबैलाइ भावुक पनि बनाउनु भयो ।
बिदाइ कार्यक्रम कार्डस अर्गनाइजेसन कतार ले आयोजना गरेको थियो ।। कार्ड्स अर्गनाइजेसन कतार का अध्यक्ष कृष्ण पन्थी को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पन्थिले समग्र सस्था को बरेमा जनकारी गराउदै यो कम्पनी श्रम गर्ने श्रमिकको भएको ले यस्लाइ कसैले पनि मर्न दिन नहुने बताउनु भयो । कतार बाट अझै ठुला ठुला ब्याबसाइ हरु पनि कार्डस प्रती लगानी गर्न आकर्षक रहेको ले सबैलाइ समेटेर जानू पर्ने र तेस्को लागि गृह कार्य भएको पनि बताउनु भयो । ठुला लगानी भित्रीदै गर्दा ब्याबस्थापक शेर सदस्यहरुलाइ कुनै असर नपर्ने पनि उहाले बताउनु भयो । बिदाइ भइ जाने कर्पोरेसन का अध्यक्ष लाई बिदाइगरी पठाउदा आफू दुखी नभइ खुशी भएको भन्दै आगामी दिन का कार्य को लागि शुभकामना दिनुभएको थियो । कार्यक्रम मा विभिन्न तहका ब्याक्तिह्रु को उपस्तिथि रहेको थियो । कार्ड्स अर्गनाइजेसन अन्तरास्ट्रीय समन्वय परिसद का अधक्ष्य के.बि हमाल,कार्ड्स अर्गनाइजेसन अन्तरास्ट्रीय समन्वय परिसद प्रथम उपाधक्ष्य दिप जंग साह ,कार्डस कर्पोरेसन प्रसासन प्रमुख सजन लौडारी,
आर्थिक बिभाग प्रमुख प्रेम पौडेयाल सल्लाहकारहरु भिम प्रसद चापागाई ,धुर्बराज अधिकारि र धर्मराज नेपाल लगाएत को उपस्थिती रहेको थियो । कार्यक्रम मा स्वागत मन्तव्य अर्गनाइजेसन कतार का प्रथम उपाध्यक्ष राजारम शाही ले दिनुभएको थियो भने अर्गनाइजेसन कतारका महासचिव डिल्लिराम भट्टराईले कार्यक्रम सन्चालन गर्नु भएको थियो । बिदाइ कार्यक्रम सनैया स्थित ग्रीन रेस्टुरेन्ट मा सप्पन्न भएको थियो ।।


प्रकाशित : २०७८ मंसिर ४ गते २२:०९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology