आधारभुत तह स्तरिय हाजिरीजवाफ ; गणपती, उद्बुद्ध र सरस्वती उपाधि जित्न सफल ।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ मंसिर १४ गते १८:३३

 

पूर्वखोला,  मंसिर १४
उद्बुद्ध माध्यमिक विद्यालय पूर्वखोला -३ रिङ्नेरहको ७१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरम खुल्ला आधारभुत तह स्तरिय हाजिरजवाफ प्रतियोगीता उद्बुद्ध मा.वि मा सम्पन्न भएको छ । जम्मा ९ वटा विद्यालय को २७ जना सहभागी रहेको प्रतियोगितामा गणपति मा .वि विरकोट प्रथम , उद्बुद्ध मा .वि आयोजक विद्यालय द्धितृय र सरस्वती मा . वि तृतिय भएको छ । हाजिर जवाफ प्रतियोगिताको संचालन पूर्वखोला गाउँपालिका शिक्षा शाखा प्र.शा बिक्रम बस्नेतले गर्नु भएको थियो । विद्यालयले मंसिर ११ र १२ गते विद्यार्थीहरु बिच खेलकुद तथा शारिरीक प्रतियोगिता ,१३ गते बौद्धिक प्रतियोगिता र आज मंसिर १४ गते आधारभुत तह स्तरीय हाजिर जवाफ प्रतियोगिता र विद्यालयका विद्यार्थी हरु बिच गएन तथा नृत्य प्रतियोगिता समेत गरेको थियो सम्पुर्ण शारिरीक तथा बौद्धिक प्रतियोगिताको पुरस्कर भने १५ गते हुने विद्यालय का प्रधानाध्यापक लोकहरी देवकोटाले बताउनु भयो ।
आधारभुत तह स्तरिय प्रतियोगीता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराई को अध्यक्षतामा विद्यालयका शिक्षक सुशील न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।
बार्षिकोत्सव १५ गते विभिन्न कार्यक्रम गरेर सम्पन्न हुने छ ।


प्रकाशित : २०७८ मंसिर १४ गते १८:३३


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology