उद्बुद्ध माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका ३ रिङ्नेरहको ७१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न ।।

डिल्ली राज पंगेनी
प्रकाशित : २०७८ मंसिर १५ गते २०:४७

पूर्वखाेला,  मंसिर १५ ,
उद्बुद्ध माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका ३ रिङ्नेरहको ७१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाको जेठो विद्यालय उद्बुद्ध माध्यमिक विद्यालयको ७१ औ. बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
पानसमा बत्ति तथा गमलामा पानि हालेर उद्घाट गरेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकहरि देवकोटाले विद्यालयको वार्षिक प्रतिबेदन पेश गर्नु भएको थियो । प्र.अ देवकोटाले ३ करोड ३ लाख ७८ हजार ५ सय नब्बे बराबरको आम्दानी खर्चको विवरण पेश गर्नु भएको थियो । देवकोटाले विद्यालय पाल्पा जिल्लाको सर्बोउत्कृट हुन सकेको सफता तथा चुनौति तथा शैक्षिक गुणस्तर बृद्धि गर्ने राखियको लक्ष्य समेत प्रस्तुत् गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका साम्सद नारायण प्रसाद आचार्यले विद्यालयको ७१ औ. बार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य राख्दै यस विद्यालयमा मैले कक्षा १ देखि एस एल्सि सम्मको अध्यन गरेको यस विद्यालय तथा यस क्षेत्रले आफुलाई सबैको सामु चिन्ने मौका प्रदान गरेको बताउदै आचार्यले यस विद्यालयको लागि आफुले राजनैतिक क्षेत्रमा रहेर गर्न सक्ने सहयोग सदैव गरिनै रहने बताउनु भयो । आचार्यले यस उद्बुद्ध मा.वि.ले शैक्षिक क्षेत्रमा धेरै सफता प्राप्त गर्न सफल रहेको मा विद्यालय व्यवस्थाप समिति , शिक्षक स्टाप परिवार , अभिभावक , विद्यार्थी हरुको महत्वपूर्ण योगदान रहेको बताउनु भयो उहाले अझ बढि नमुना शैक्षिक गुणस्तर बृद्धि गदै लानु पर्ने बताउनु भयो । साम्सद आचार्यले फरक प्रसंगमा यस क्षेत्र को विकाषको रहरको लागि नेकपा एमालेले महत्वपूर्ण काम गर्न सफल भएको पूर्वखोलामा पर्ने पूर्वखोला तथा अन्य खोलाहरुमा आधादर्जन पूलको को शिलन्यास भएर यहि बर्ष काम सम्पन्न हुने गरि काम भैरहेको बताउनु भयो । आचार्यले हुमिन रिङ्नेरहको मोटर बाटो पिच हुने चरणमा रहेको बताउदै पूर्वखोलामा नेकपा एमालेको सरकार हुदा महत्वपूर्ण काम गर्न सफल रहेको बताउदै अहिले स्थानीय तह बाहेक अरुमा नेकमा एमालेको सरकार नरहेको र अबको १ बर्ष भित्रमा नेकपा एमालेको पुन सरकार गठन हुने र पून विकासको मुहार छर्ने बताउनु भयो ।
कार्यक्रममा विशिष्ट अतिथि पूर्वखोला गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले उद्बुद्ध मा.वि.को ७१ औ बार्षिक उत्सबको अबसमा  उन्नती प्रगतिको कामना सहित शुभकाना व्यत्त गर्नु भएको थियो।  शुभकाना मन्तव्य कै क्रममा अध्यक्ष थापाले  पाल्पाको पूर्वी भेगममा रहेर शिक्षाको एउटा खम्बाको रुपमा रहेको बताउदै यस विद्यालयको यस स्थानमा पूर्णउन सहयोग पूर्या¥याउन महत्वपूर्ण भुमिका खेल्नु हुने सम्पूर्णलाई धन्यवाद समेत प्रकट गर्नु भएको थियो । उहाले पूर्वखोलाको केन्द्रको रहेको यस विद्यालयले शैक्षिक सुधारको लागि अन्य विद्यालयले पनि अनुसरण गर्ने खालको बातावरण बनाउनु पर्ने बताउनु भयो । अध्यक्ष थापाले शैक्षिक गुरस्तर बृद्धि गर्न शिक्षक , विद्यार्थी, अभिभावक तथा यस स्थानमा रहेका बैद्धिक   व्यत्तिहरुको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । उहाले पालिकाको शैक्षिक गुणस्तर तथा भैतिक व्यवस्थापन पूर्वखोला गाउँपालिले गर्न पर्ने काम हरु गरिने बताउनु भयो ।
कार्यक्रका विशिष्ट  अतिथि को रुपमा रहनु भएका पूर्वखोला गाउँपालिका शिक्षा शाख प्रमुख डिल्ली राम ढुङ्गानाले विद्यालयको ७१ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना सहित मन्तव्य राख्दै फरक फरक क्षेमताको चौतर्फि विकास हुने भनेकै शिक्षाले रहेको बताउदै । यस उद्बुद्ध मावि पालिकाकै धेरै दरबन्धि रहेको बताउदै जस्तो सुकै परिश्रथितिमा पनि शैक्षिक गुणस्तर बृद्धि गर्न सक्ने बताउनु भयो । शिक्षक हरुले शैक्षिक रुपमा कमजोर रहेको विद्यार्थी हरुको शैक्षिक उपलब्धी  बृद्धि गराउन   शिक्षकहरूको हरुको महत्व पूर्ण भुमिका रहने बताउनु भयो । ढुङ्गानाले शिक्षक मात्र अघि बढेर नहुने बताउदै आफ्नो बाल बच्चाको शैक्षिक गतिविधिको बारेका अभिभावकको उत्तिकै महत्वपूर्ण भुमिका रहने बताउनु भयो ।
कार्यक्रममा विद्यालयका पूर्व प्र.अ तथा सल्लाकार सदस्य निलकण्ठ न्यौपाने विद्यालयको स्थापना काल देखि अहिले सम्म आउनु पर्दाको बारेमा चर्चा सहित विद्यालयको ७१ औं बार्षिक उत्सव तथा अभिभावक दिवसकको अवसरमा विद्यालयको उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा सम्पूर्ण विद्यालयको तर्फ बाट गणपति मा.वि.का प्रधानाध्यापक विष्णु कुमार पल्ली तथा सम्पूर्ण संघ संथाको प्रतिनिधित्व गर्दै रिङ्नेरह स्वास्थ्य चौकि प्रमुख श्रीराज आर्चायले विद्यालयको ७१ औं बार्षिक उत्सव तथा अभिभावक दिवसकको अवसरमा विद्यालयको उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम विभिन्न विद्यालया तथा संघ संथाको दर्जन बढि अतिथि , अभिभावक , विद्यार्थी हरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयले असल अभिभावकको रुपमा गत बर्ष गम बहादुर ढेंगाा र यस बर्ष कृष्ण नेपाली र पुस्पा न्यौपानेलाई खादा तथा प्रमाण पत्रले सम्मान गरेको थियो यस्तै गत बर्ष एस ई.ई का उत्कृष्ट जि.पि.ए ल्याउने विद्यार्थीहरु, निर्बतमान कार्यबाहक वि.व्य.स अध्यक्ष, यस बर्ष विद्यालयमा अक्षकोश राख्ने व्यत्तिहरुलाई विद्यालयले सम्मान गरेको थियो । यस्तै पाल्पा जिल्लाकै उत्कृष्ट विद्यालय हुन सफल रहेको विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुलाई मायाँको चिनोले विद्यालय व्यवस्थापन  समितिले  विद्यालयका शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको थियो ।
यस्तै बाल कक्षा देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई (जेहेन्दार तथा गरिब)  विद्यालयमा अध्यनरत बालबालिकालाई क्षात्रावृत्ति समेत प्रधान गरेको कार्यक्रममा  विभिन्न  पुरस्कार तथा विद्यालयलका    विद्यार्थी तथा शिक्षकहरू बाट    सांकृतिक प्रस्तुति तथा नृत्य प्रस्तुत भएको थियो ।
७१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विद्यार्थी अनुस्बी हिताङ्ग र  विद्यालयका  सहायक प्रधानाध्यापक पिताम्बर न्यौपानेको स्वागत मन्तव्य ,शिक्षक शुसिल न्यौपानेको संचालन र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षता भएको हो ।

 


प्रकाशित : २०७८ मंसिर १५ गते २०:४७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology