मंसिर २४ , अर्वसिङ , पाल्पा
“विकास, गतिशीलता र अनुशासन “भन्ने मुल नाराका साथ भलिबलको लागि लामो इतिहास बोकेको अर्वसिङमा पौष -०१ गतेका दिन रामपुर न. पा.-०९ अर्बसिङ पाल्पामा जनशान्ती मा. वि. को ६२ औं वार्सिकोत्सव तथा अभिभावक दिवसको सुअवसरमा ग्रामीण समाज केन्द्र को आयोजनामा ” प्रथम ग्रामीण समाज केन्द्र कप-२०७८” वडा स्तरीय ( हालको वडा ) पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।प्रतियोगितामा प्रथम पुरस्कारको राशी नगद रु.४१ हजार िद्वतीय पुरस्कारको राशी नगद रु.२१ हजार कप,मेडल र प्रमाणपत्र साथै सेमिफाइनल प्रवेश गर्ने दुई टिमलाई समान नगद रु.७ हजार प्रदान गरिने क्लबका अध्यक्ष अण बहादुर दिशाले जानकारी दिनुभएको छ । साथै प्रतियोगिता २०७८ मङ्सिर २८ गते बिहान १०:०० बजे बाट सुरु भइ पौष ०१ गते समापन हुने खेल संयोजक दिपक चोहानले बताउनु भयो। साथै प्रतियोगितामा सहभागी हुन चाहाने टिमले २७ गते साझ ४:०० बजे सम्ममा टिम दर्ता गराईसक्नु पर्ने आयोजकले जनाएको छ ।
    
    
    	
							
							
								 
									प्रकाशित :  २०७८ मंसिर  २४ गते २२:३२
								
							 
							
						 
					 
    
    
    
    
    							 
						
Facebook Comment