लेकडाँडा कबुलियती वनमा झाडी सफाइ हुँदै ।।

होम राई मगर
प्रकाशित : २०७८ मंसिर २५ गते १८:०१

निस्दी,पाल्पा / २५ मंसिर २०७८ । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा रहेको लेकडाँडा कबुलियती वनमा झाडी सफाइ कार्य भइरहेको छ ।

गएको ३ वर्ष अघि देखि अमृसो,दालचीनी,टिमुर र ओखर रोपण गरेको लेकडाँडामा अहिले झाडी सफाइ गरेको हो । यस अघि गौचरनको रुपमा प्रयोग हुँदै आएको नाङ्गोडाँडामा विरुवा प्रस्टाउन थालेपछि स्थानीय उत्साहित बनेको उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर सुनारीले बताउनुभयो । हाल ७० हेक्टर क्षेत्रमा बिरुवा लगाएको वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो । स्थानीय उपभोक्ता मार्फत गरिएको विरुवाको संरक्षण र हेरचाहमा स्थानीय सरकारले समेत सहयोग गरेको उहाँले बताउनुभयो ।

निस्दीको वडा नम्बर-६,अर्चलेमा १५ वटा र वडा नम्बर-७,ज्यामिरेको हुबासमा ५ वटा कबुलियती वन समूहले दैनिक झाडी सफाई गरिरहेको छ ।


प्रकाशित : २०७८ मंसिर २५ गते १८:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology